माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण

सारांश

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती हो भन्नुभएको छ ।
  • माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै उहाँले बाँदरमुढेका पीडितप्रति आफ्नो सधँै सम्मान रहेको बताउनुभयो ।
  • प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती हो भन्नुभएको छ ।

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै उहाँले बाँदरमुढेका पीडितप्रति आफ्नो सधँै सम्मान रहेको बताउनुभयो । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाह्र वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो । माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नंको बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । विसं २०६२ जेठ २३ गते घटना भएको हो ।

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुग्नुभएको हो । यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन । चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हँुदै जानुभएको हो । आज दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदैछ । दाहाल सोमबार दिनभर पनि चुनावी कार्यक्रमअन्तर्गत माडीमा रहने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर माडी जानुपर्ने हुन्छ । कडा सुरक्षाका साथ प्रचण्ड माडी हुँदै बाँदरझुला पुग्नुभएको हो । समय मिलेमा आज दिउँसो ठोरीको सोनापुरसम्म जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Hsejar Francu Gnamat

    Noutank

    Comment Author

    Raju Bhandari Toya Nath

    नौटन्की गर्छस डाका

    Comment Author

    Mohan Kayasta

    Laajle kutikuti ?.

    Comment Author

    उत्तम घिमिरे

    हालकाे पिडाकाे षृष्ठभुमिमा
    भाेटकाे नाैटङ्कि ।

    Comment Author

    Dulal Dristi

    नौ टंकी नाटक।

    Comment Author

    Rajesh Bhattarai

    It’s too late apology for horrific massacre with 38 deaths and 72 injured through ambush, a rat smell of election interests.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई
क्यान्सर अस्पतालको आर्थिक अधिकार अध्यक्षलाई
स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा
स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
भारतले ग¥यो अमेरिकाकाे वेवास्ता
भारतले ग¥यो अमेरिकाकाे वेवास्ता
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
किसानका मर्का सम्बोधन गर्न एमालेको ध्यानाकर्षण
ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन  हुने :  वरिष्ठ नेता खनाल
ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुने : वरिष्ठ नेता खनाल
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ :मुख्यमन्त्री पौडेल
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ :मुख्यमन्त्री पौडेल

तपाईंले छुटाउनुभयो कि?