धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !

सारांश

  • बलिउडमा यतिबेला वायोपिक बनाउने लहर चलेको छ ।
  • यस्तोमा हिन्दी सिनेमाका महान हस्ती धर्मेन्द्र देओलको पनि वायोपिक बन्ने उनका छोरा सनि देओलले संकेत दिएका छन् ।
  • उनले आफू पिताको वायोपिक बनाउन इच्छुक रहेको र राम्रो लेखक तथा निर्देशक पाए छिटै काम सुरु गर्र्ने बताए ।

बलिउडमा यतिबेला वायोपिक बनाउने लहर चलेको छ । यस्तोमा हिन्दी सिनेमाका महान हस्ती धर्मेन्द्र देओलको पनि वायोपिक बन्ने उनका छोरा सनि देओलले संकेत दिएका छन् । उनले आफू पिताको वायोपिक बनाउन इच्छुक रहेको र राम्रो लेखक तथा निर्देशक पाए छिटै काम सुरु गर्र्ने बताए ।

हामी त्यस्ता लेखक निर्देशक खोजिरहेका छौँ जो बुवाको जिन्दगीलाई रमाईलो तरिकाले देखाउन सकुन । यो त्यति सहज र छिटो हुने काम होइन । त्यसको लागि राम्रो लेखक त चाहियो नै साथै यस्तो व्यक्तिको आवश्यकता रहन्छ जो आफ्नो महत्वपूर्ण समय दिन सकुन । अनुसन्धानका लागि कुनै अप्ठ्यारो हुँदैन किनकी कथाका लागि बुवा आफै हुनुहुन्छ, सनीले भने ।

पर्दामा आफ्नो बुवाको भूमिकामा देखिन आफू इच्छुक रहेको सनीले बताए । साथै धर्मेन्द्रको युवा अवस्थाको दृष्यमा सनीका छोरा देखिन सक्ने उनले बताए ।

तिन बावु छोरा सनी, बबी र धर्मेन्द्र अभिनित चलचित्र यमला पगला दिवाना ३ यसै महिनाको अन्तिम शुक्रबार रिलिज हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?