सिण्डिकेट वालाको दादागिरी फेरी सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सिण्डिकेट वालाको दादागिरी फेरी सुरु

सारांश

  • काठमाडाै, १० वैशाख ।
  • मयूर यातायातका चालकमाथि काभ्रेको साँगामा कुटपिट भएको छ।
  • कुटपिटपछि चालक रामेश्वर सुनारको टाउकोमा चोट लागेको छ।

काठमाडाै, १० वैशाख । मयूर यातायातका चालकमाथि काभ्रेको साँगामा कुटपिट भएको छ। कुटपिटपछि चालक रामेश्वर सुनारको टाउकोमा चोट लागेको छ। उनलाई तत्कालै बनेपा अस्पतालमा उपचारपछि अहिले बिएण्डबी लगिएको मयूर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।

आइतबार साँझ करिब ६ बजे काठमाडौंबाट पनौतीतर्फ गइरहेको बा ५ ख १५४६ नम्बरको मयूर यातायातलाई एक समूहले रोकेर चालकमाथि कुटपिट गरेका हुन्।

विपरित दिशातिरबाट आइरहेको बा ५ ख २६३९ नम्बरको पनौती मिनिबस यातायातमा सवार पाँच जनाको समूहले सुनारलाई कुटपिट गरेको काभ्रेका प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए।

प्रहरीका अनुसार मिनिबसका चालक सुमन श्रेष्ठसहितको टोलीले नै आक्रमण गरेको खुल्न आएको छ। श्रेष्ठसहित आक्रमण गर्नेहरु परिचन्द्र श्रेष्ठ, सुमन धिमाल, बिजय थापा, तिर्थ पियालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाँचै जनालाई म्याद थप गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। मयूरले त्यो रुटमा गाडी हालेको रिसिबीका कारण आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?