नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
२६ पटक हेरिएको
Shares
नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने

सारांश

  • काठमाडौं, ८ असोज ।
  • नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ ।
  • बैंकले बिक्री अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

काठमाडौं, ८ असोज । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बिक्री अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी २४ लाख इकाई सङ्घ-संस्थालाई बिक्री गरिनेछ ।यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?