लगानीकर्ताले घेरे नेप्सेकाे कार्यालय

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
१६ पटक हेरिएको
Shares
लगानीकर्ताले घेरे नेप्सेकाे कार्यालय

सारांश

  • काठमाडौं, १० मंसिर।
  •   शेयरबजारमा लागू भएको अनलाइन प्रणालीमा सुधार गर्न माग गर्दै लगानीकर्ताका चारवटा संस्थाले नेपाल स्टक एक्सचेञ्ज नेप्सेको कार्यालय घेराउ गरेका छन् ।
  •    शेयरबजारमा अनलाइन प्रणाली सुरु भएको २० दिन बितिसक्दा पनि अझै समस्या रहेको र यसले गर्दा लगानीकर्ता हतोत्साही भएको भन्दै नेप्से घेरेर दबाब दिइएको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिनुभयो ।

काठमाडौं, १० मंसिर।  शेयरबजारमा लागू भएको अनलाइन प्रणालीमा सुधार गर्न माग गर्दै लगानीकर्ताका चारवटा संस्थाले नेपाल स्टक एक्सचेञ्ज नेप्सेको कार्यालय घेराउ गरेका छन् ।   शेयरबजारमा अनलाइन प्रणाली सुरु भएको २० दिन बितिसक्दा पनि अझै समस्या रहेको र यसले गर्दा लगानीकर्ता हतोत्साही भएको भन्दै नेप्से घेरेर दबाब दिइएको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिनुभयो ।

उहाँले अनलाइन प्रणाली व्यवस्थित नहुँदा लगानीकर्ता मारमा परेको भन्दै नेप्सेलाई दवाब दिइएको दाबी गर्नुभयो ।  नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको आह्वानमा लगानीकर्ताले रामशाहपथमा रहेको नेप्सेको कार्यालयमा घेराउ गरेका हुन् । नेप्सेको बेवास्ताका कारण पूँजीबजारका १५ लाख लगानीकर्ताको १४ खर्ब भन्दा धेरैको सम्पत्तिमाथि खेलवाड भएको भन्दै लगानीकर्ताले अब पनि सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?