नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल सम्भाव्यता

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल सम्भाव्यता

सारांश

  • सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
  • प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाव्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।
  • बैठकले सम्भाव्यता अध्ययनको आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाव्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

बैठकले सम्भाव्यता अध्ययनको आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

आशयपत्रको दस्ताबेज स्वीकृत भएकाले कार्यालयले अब तत्कालै आयशपत्र माग गर्नेछ । यसअघि २७ कात्तिक ०७४ मा बसेको बोर्ड बैठकले पनि यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णय गरेको थियो ।

काठमाडौं मेट्रो रेलको रुट नं २ अन्तर्गत बन्ने यो परियोजना ५४ किलोमिटर लम्बाइको हुने अनुमान छ । त्यस्तै, बोर्ड बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय–सीमासमेत थपेको छ ।

आयोजनाको प्रवद्र्धक कम्पनीलाई आगामी १२ असोज, ०७५ सम्ममा लगानी जुटाउने समय दिइएको हो ।

बैठकले सरकारी स्रोतबाटै सिसा उद्योग, से–फोक्सुन्डो लक्जरी रिसोर्ट, एकीकृत कृषि परियोजना, स्की रिसोर्ट र स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, मुक्तिनाथ दर्शन प्रालि नामक निजी कम्पनीलाई बिरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकारको आयोजना निर्माणका लागि विस्तृत अध्ययन गर्न स्वीकृतिसमेत दिएको छ । जसमा सरकारलाई कुनै पनि दायित्व नपर्ने बोर्डले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narayan Panthi

    रेलका तस्बिर देखाएर नेपालीलाई झस्काउने किन यो रेल नेपालमा नै छैन अरुमुलुकका
    साधन र शासनको इच्छा राखेर हुनेभए हाम्रा नेताले आजसम्म नेपालीलाई चन्द्रमामा बसाएर सुनका थाल कचौरामा भात खाने बनाउने थिए। एउटा मेलन्चिको खानेपानी योजना ३५-४० बर्ष सम्म गर्न नसक्नेले २ बर्षमा रेल तिमिहरुलाई भैंसी डोर्‍याए जस्तो लाग्या होला।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?