टान निर्वाचन : को हुन् नवराज दाहाल ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
३६ पटक हेरिएको
Shares
टान निर्वाचन : को हुन् नवराज दाहाल ?

सारांश

  • काठमाडौं ।
  • व्यवसायीले सोचेजस्तै भविष्यको ‘सुन्दर, सबल र समृद्ध टान’ बनाउने दाबी गर्दै पर्यटन व्यावसायी नवराज दाहालले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् ।
  • दाहालले बाम गठबन्धनबाट अध्यक्षमा मनोनयन दर्ता गरेका हुन् ।

काठमाडौं । व्यवसायीले सोचेजस्तै भविष्यको ‘सुन्दर, सबल र समृद्ध टान’ बनाउने दाबी गर्दै पर्यटन व्यावसायी नवराज दाहालले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् । दाहालले बाम गठबन्धनबाट अध्यक्षमा मनोनयन दर्ता गरेका हुन् ।

दाहाल आफ्नो ‘स्वच्छ र व्यवसायीक टानको पहिचान’ सहित फरक ‘भिजन’ दिएर अध्यक्ष पदको दाबी गरेको बताउँछन् । करिब २८ बर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा आबद्व रहँदै आएका दाहाल दिगो पर्यटन विकासको निम्ति निरन्तर रुपमा लागि परेका छन् ।

नेपालको पर्वतीय पर्यटन क्षेत्रलाई गुणस्तरिय बनाउन, टानमा भएको आन्तरिक समस्यालाई निर्मुल गर्न, नेपाल पर्यटन बोर्ड र सरकारसँगको समन्वयलाई प्रभावकारी रुपमा विकास गरी टिम्सलगायतका वर्तमान समस्या सही समाधान प्रमुख एजेण्डा रहेको दाहाल बताउँछन् ।
उनी भन्छन्, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालप्रति आकर्षक गराउन र युवाहरुलाई पर्यटन क्षेत्रमा अग्रसर गराउनका लागि महासचिवमा उम्मेदवारी दिएको हुँ ।’

को हुन् दाहाल ?
वि.सं. २०२८ सालमा धादिङ जिल्लाको गंगाजमुना गाउँपालीका–७ (साबिकको बुढाथुम गाविस)मा जन्मिएका नवराज दाहाल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा परिचित छन । सन १९९० बाट पर्यटन क्षेत्रमा आबद्ध दाहाल हाल नेपाल ईन्भाईरोमेन्टल ट्रेक्स एण्ड एक्स्पिडिसन प्रालिका प्रवन्ध निर्देशक हुन् ।

दाहालले यसअघि टानमा कार्यसमिति सदस्य हुँदै महासचिव भएर कुशलतापूर्वक काम गरिसकेका छन् । गणतान्त्रिक स्टोनियाँका लागि नेपाली वाणिज्यदुतसमेत रहेका उनी नेपाल पर्यटन व्यवसायी संगठनको केन्द्रिय संयोजकको रुपमा पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
पर्यटन व्यवसाय प्रर्वद्धनको शिलशिलामा युरोप, अमेरिकालगायत विश्वका ३ दर्जन भन्दा बढि मुलुकहरुको भ्रमण गरिसकेका दाहालले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हाँसिल गरेका छन् ।

दाहालले आसन्न टान निर्वाचनमा एमाले निकट नेपाल राष्ट्रिय व्यवसायी संगठन, माओवादी निकट नेपाल पर्यटन व्यवसायी संगठन, वैद्य माओबादी निकट पर्यटन व्यवसायी र स्वतन्त्र पर्यटन व्यवसायीको समर्थनमा बनेको प्यानलबाट अध्यक्ष पदका उम्मेद्धारी दिएका हुन् ।

व्ययसायीहरुले कस्तो नेतृत्व छान्लान् ?
टान अर्थात् नेपालको पर्वतीय पर्यटन व्यवासायीको छाता संगठन । विगतमा अगुवाहरुको ‘स्वेच्छाचारी’ सञ्चालनका कारण पीडित बनेको वर्तमान र भविष्यलाई जोड्दै यतिबेला टानमा भावी नेतृत्वबारे चर्चा चुलिन थालेको छ ।

कस्तो टान बनाउने भन्ने कुरा कस्तो नेतृत्व ल्याउने भन्नेले निर्धारण गर्ने हुनाले नेतृत्वबारे समयमै बहस हुनु सर्वथा वाञ्छनीय कुरा पनि हो । अक्टोबर २९ भित्रै नेतृत्व चयन भइसक्ने भनिएको ३९ औं वार्षिक साधारण सभाबाट व्यवसायीहरु कस्तो नेतृत्व छान्न सफल होलान् त ?

ठिक यतिबेला, कम्तीमा आफू बन्ने भन्दा पनि टानलाई बनाउने नेतृत्व आउला या नआउला भन्ने चिन्ता वास्तविक ट्रेकिङ व्यवसायीमा बढ्दै गएको देखिन्छ ।

यही कात्तिक १२ गते होटल ह्यतमा हुन लागेको ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)को निर्वाचनका लागि नेपाल ईन्भाइरोमेन्टल ट्रेक्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निर्देशक नवराज दाहाल र मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालबीच मतभिडन्त छ ।

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन
दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन
उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु
इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु
उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक
उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक
नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणाकाे निधन
नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणाकाे निधन
वाम गठबन्धनले मात्र जनताको अधिकार दिलाउन सक्ने दाबी
वाम गठबन्धनले मात्र जनताको अधिकार दिलाउन सक्ने दाबी
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता
एमाले अध्यक्ष ओली र महन्थ ठाकुरबीच एक्कासि यस्तो वार्ता
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान