के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?

सारांश

  • काठमाडौं, १६ वैशाख ।
  •  सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको अबको चीन भ्रमणमा जिउँदो गैंडा सी जिन पिङले उपहार पाउँदैछन् ।
  • नेपालका लागि चिनियाँ राजदूतलगायतका कुटनीतिक टोलीले नेपाली गैंडा हेरिसकेका छन् ।

काठमाडौं, १६ वैशाख । सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको अबको चीन भ्रमणमा जिउँदो गैंडा सी जिन पिङले उपहार पाउँदैछन् । नेपालका लागि चिनियाँ राजदूतलगायतका कुटनीतिक टोलीले नेपाली गैंडा हेरिसकेका छन् । चितवनमा शनिबार मात्रै चीनलाई दिने भनेर एउटा केटो समातिएको छ ।

उच्च स्रोतका अनुसार चीनसँगको सम्बन्धको उचाई देखाउनका लागि अघिल्लो पटक प्रधानमन्त्री हुँदा उपहार दिएका ओलीले यस पटक जिउँदो गैंडा लिएर जाने तयारी गरेका छन् । ओली आफैंले सीलाई गैंडा हस्तान्तरण गर्नसक्ने कुटनीतिक अधिकारीहरूको अनुमान छ ।

भारत, पाकिस्तान र म्यानमारका केही ठाउँमा पनि देखिन थालेको यो गैंडा नेपालमा मात्रै पाइनेमा दरिएको छ । यसरी नेपाली गैंडा उपहार दिने चलन तत्कालिन युवराज पारस शाहले बेलायतको संस्थालाई पठाउने तयारी हुँदा अधिकारकर्मीको विरोधमा रोकिएको थियो ।

सरकारले सरकारलाई मात्र दिन पाउने निर्णय र सहमतिका आधारमा रोकिएको थियो । ओली सरकारले यी गैंडा चीन सरकारलाई नै दिँदैछ ।

चीनलाई चारवटा गैंडा दिएमा अहिलेसम्म २८ गैंडा उपहारका रूपमा बिदेशिनेछन् । सन् १९८७ मा अमेरिकालाई ६, सन् १९९० मा जर्मनीको चिडियाखानाका लागि एउटा भाले र सन् १९९३ मा एउटा पोथी गरी दुई गैंडा पठाइएको थियो । सन् १९९० मै सिंगापुर सरकारलाई एक जोडी वयस्क गैंडा उपहार पठाइएको थियो भने बेलायतलाई भने सन् १९९८ मा एक जोडी गैंडा उपहार दिइएको थियो ।

सन् १९९३ मा बंगलादेशलाई एक जोडी, सन् २००२ मा जापानलाई एक जोडी र अस्ट्रियालाई अर्को एक जोडी गैंडा सरकारले उपहारस्वरूप पठाएको थियो । यसैगरी, पाकिस्तानलाई २, बर्मालाई २ र थाइल्यान्डलाई दुई गैंडा पठाइसकिएको छ ।

२६ असार २०७३ मा ओलीले चीनको माग अनुसार निर्णय गरेका थिए । त्यसबेला भारतसँग सम्बन्ध सुमधुर थिएन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २४ गैंडा उपहार आदानप्रदानका नाममा दिइएको छ ।

नेपालले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई पहिलोपटक एक जोडी गैंडा उपहार दिएको थियो । तत्कालीन युवराज पारस शाहले २०५९र६० मा उपहारका नाममा गैंडा पठाउने तयारी भएपछि नागरिक दबाबका कारण सरकारलाई मात्र गैंडा पठाउने जनाइएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ५ औं संशोधनमा गैंडा दुर्लभ वन्यजन्तुको सूचीमा राखिएको छ । पछिल्लो गणनाअनुसार नेपालमा ६४८ गैंडा छन् । तीमध्ये चितवनमा ६०५, बर्दियामा ३५ र शुक्लाफाँटा निकुञ्जमा आठ छन् । अन्य विभिन्न मुलुकमा गरी यो गैंडको संख्या २५ सय भन्दा बढि नरहेको बताइन्छ ।

यसैबीच, ओलीको चीन भ्रमणको तयारी तिव्र भइरहेको छ । उनको भ्रमण अघि चितवनमा गैंडा समात्ने कामलाई तिव्रता दिइएको छ । निकुञ्जसँग रहेको एउटासहित शनिबार दुई भाले गैंडा तयार भइसकेका छन् । निकुञ्ज अधिकारीका अनुसार अब दुई पोथी गैंडा समातेर चीन पठाइनेछ ।

सन् १९८५ मा भारतलाई दुई भाले र दुई पोथी गैंडा उपहार दिएपछि नेपालमा मात्र पाइने एक सिंगे गैंडाले विदेशी माटो टेक्न थाले । नेपालमा मात्र पाइने यो गैंडा अब विश्वका धेरै देशमा पर्यटकहरूले देख्न थालेका छन् । नेपाल सरकारसँग भाले र पोथी नै उपहारमा लगेर त्यसको संख्या बढाउने कुटनीतिक अभ्यास थालेको ३३ वर्ष पुगेको छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    गैंडा लगि हाती ल्याउने भए त राम्रो नै हो ।

    Comment Author

    उत्तम घिमिरे

    गैंडे प्र.म ???

    Comment Author

    Minesh Gole

    Koseli ???

    Comment Author

    Tilak Thapa

    यता भारत ले दिनहुुँ सिमा मिचेर तराइ जति बिहार को एउटा छुट्टै प्रन्त बनाइ सक्यो तिमि भने उखान र टुक्का हान्दै देश मा भएका नदिनाला र जमिन बेचेर पुगेन अब हुदा हुदा जनावर सम्म पनि नछाड्ने भएछौ उखाने काका।

    Comment Author

    Bivek Jabegu

    Aba p.m bata nai taskar…

    Comment Author

    Hari Bahadur BC

    गैंडा उप हार भनेको अन्यथा न होस ? कृष्ण सुदामा को उप हार हो ?

    Comment Author

    Santosh Santoshpara

    gaida sudha bechyo ki k ho

    Comment Author

    Kancha Tamang

    सीधै बेच्न भन्नपनित अप्ठेरोनी हैन जन्ता हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?