ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
३२ पटक हेरिएको
Shares
ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

सारांश

  • वालिङ ।
  • गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
  • वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए ।

वालिङ । गएराति स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए ।

ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नवीन सुनार र वालिङ नगरपालिका ८ मिर्दी बस्ने १४ वर्षीय सहचालक सोविन विकको उपचारकाक्रममा मृत्यु भएको हो ।

चालक सुनारको टाउको र ढाडमा चोट लागेको थियो । उनको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । टाउको र दायाँ खुट्टामा चोट लागेका सहचालक विकको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो । उनको उपचारका क्रममा गएराति नै अस्पतालमै मृत्यु भएको हो । आइतबार राति ८ बजेतिर ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?