एउटै गीतमा १ सय ७५ पटक लुगा फेरिन् आलियाले !
सारांश
- बलिउड नायिका आलिया भट्ट आफ्नो नयाँ फिल्म ‘राजी’ लाई लिएर चर्चामा छिन् ।
- यो फिल्ममा उनले एउटा जासूसको भूमिका निभाएकी छिन् ।
- फिल्ममा उनी पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्छिन् ।
बलिउड नायिका आलिया भट्ट आफ्नो नयाँ फिल्म ‘राजी’ लाई लिएर चर्चामा छिन् ।
यो फिल्ममा उनले एउटा जासूसको भूमिका निभाएकी छिन् । फिल्ममा उनी पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्छिन् । फिल्मको एउटा गीत रिलिज भइसकेको छ ।
‘मुड के न देख दिलबरोँ’ बोलको यो गीतमा बाबु र छोरीको संवेदना देखाइएको छ । यो गीतको बारेमा चर्चा गर्दै आलियाले गीतको सुटिङका क्रममा एक सय ७५ पटकभन्दा बढि बिदाईको पहिरन फेर्नु परेको बताइन् ।
यस विषयमा प्रोडक्सन टिमका एक व्यक्तिले भने, ‘गीतमा कश्मिरदेखि पाकिस्तानसम्मको यात्रा देखाइएको छ । यसको सुटिङमा कैयौं दिन लागेको थियो । गीतको बिदाईवाला हिस्सा पटियाला, कश्मिर जस्ता तमाम लोकेसनमा सुटिङ गरिएको छ । यही भएर आलियाले बारम्बार बिदाईको ड्रेस फुकाल्ने र लगाउने गर्नुपथ्र्यो ।’
प्रतिक्रिया