थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

सारांश

  • काठमाडौँ, १८ वैशाख ,प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
  • नेपाल भ्रमणमा रहँदा उहाँले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
  • उहाँले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रमसमेत छ ।

काठमाडौँ, १८ वैशाख ,प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

नेपाल भ्रमणमा रहँदा उहाँले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रमसमेत छ ।

भ्रमणका दौरानमा उहाँले पोखरा, लुम्बिनीलगायत अन्य केही पर्यटकीय स्थानको भ्रमण गरी यही वैशाख २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्र राष्ट्र थाइल्याण्डको राष्ट्रिय सेनाबीच रहँदै आएकोसौहार्दपूर्ण सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ ।

(https://linksmagazine.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?