धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०८०
|
|
१८ पटक हेरिएको
Shares
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

सारांश

  • धनकुटा ।
  • धनकुटामा एकैघरका तीन ब्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् ।
  •  धनकुटा नगरपालिका–१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका हुन ।

धनकुटा । धनकुटामा एकैघरका तीन ब्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका हुन । प्रहरीका अनुसार तीनैजना झुन्डिएको अवस्थामा फेला परे पछि घटना थप रहस्यमय भएको छ ।  

यसरी झुन्डिएको अवस्थामा मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेका छन । सो घटनामा ६ वर्षकी छोरी आशिका भने सकुशल रहेकी छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको हुन सक्ने कोणबाट अनुसन्धान गरिएको छ । 

घटनास्थलमा अहिले प्रहरीले पुगेको र सो घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीका अनुसार थप अनुसन्धान जारी छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?