खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित

सारांश

  • म्याग्दी, ६ फागुन , म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् ।
  • पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् ।
  • रु ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेपानी आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ ।

म्याग्दी, ६ फागुन , म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । रु ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेपानी आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ ।

तल्लो डडुवाका ४७ घरधुरी लाभान्वित धोबीखोला खानेपानी आयोजना निर्माणमा रु ४७ लाख ५० हजार लगानी भएको छ । फिनल्याड र नेपाल सरकार तथा मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

नेपाल सरकारको रु २८ लाख , फिनल्याड सरकारको रु १५ लाख ७५ हजार , मङ्गला गाउँपालिकाको रु सात लाख ३३ हजार , उपभोक्ताको रु ७३ हजार लगानी रहेको पञ्चासे ओखरबोट आयोजना निर्माणका लागि उपभोक्ताले रु २१ लाख ४८ हजार बराबरको श्रमदान गरेका छन् ।

नेपाल सरकारको रु १८ लाख ७२ हजार , फिनल्याण्ड सरकारको रु १० लाख ४७ हजार , मङ्गला गाउँपालिकाको रु चार लाख ७५ हजार ६८ अनुदान रहेको धोबीखोला योजना निर्माणका लागि उपभोक्ताले रु १३ हजार ४७ लाख श्रम तथा रु ४७ हजार नगद योगदान गरेका छन् ।

निजी धारामार्फत घरघरमै खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई सुविधा, पानीको जोहो गर्न लाग्ने समयको बचत र सरसफाइमा सहज भएको तल्लो डडुवाकी श्रीकला अर्मजाले बताउनुभयो ।

यसअघि सार्वजनिक धारा, कुवा र पँधेराको पानी उपभोग गर्दै आएका थिए । आयोजनाको दिगो सञ्चालनका लागि सबै उपभोक्ताको घरमा मिटर जडान गरी मासिक शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ जनाको निवेदन फिर्ता
स्वेच्छिक अवकाश रोजेका ४ सय ६७ जनाको निवेदन फिर्ता
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
किमले पठाएको ‘उत्कृष्ट’ चिट्ठी ट्रम्पले गरे सार्वजनिक
सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
सलमानको कन्सर्ट कि धुर्मुस–सुन्तलीको एकीकृत बस्ती ?
सर्वोच्चको आदेशविपरीत प्रजिअ सिफारिस : योग्यता पुर्‍याउन ३७ सिडिओ तालिम लिँदै
सर्वोच्चको आदेशविपरीत प्रजिअ सिफारिस : योग्यता पुर्‍याउन ३७ सिडिओ तालिम लिँदै
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
३८ सय किलो सुन काण्ड- अदालतमा आजदेखि हुने थुनछेक बहसमा ५० भन्दा बढी कानुन व्यवसायी, नाम सहित
वैशाख ९ गतेको राशिफल यस्तो छ थाहा पाउनुस्
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह

तपाईंले छुटाउनुभयो कि?