कपिल शर्मा को घरमा लाग्यो आगो
सारांश
- कमेडियन कपिल शर्माको मुम्बईस्थित घरमा बिहीवार दिउँसोको समयमा आगलागी भएको थियो ।
- आगलागीको समय घरमा कोही नभएको बुझिएको छ ।
- मिडियाका अनुसार आगलागी भान्छा घरबाट लागेको थियो ।
कमेडियन कपिल शर्माको मुम्बईस्थित घरमा बिहीवार दिउँसोको समयमा आगलागी भएको थियो । आगलागीको समय घरमा कोही नभएको बुझिएको छ । मिडियाका अनुसार आगलागी भान्छा घरबाट लागेको थियो । स्थानीयले आगो लागेको थाहा पाएपछि दमकल बोलाएका थिए । आधा घण्टामा आगोलाई नियन्त्रणमा लिइएको उक्त घटनामा कुनै पनि मानवीय क्षति भएन ।
शर्माको घरमा आगोलागी भएव्को यो विषय अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आगलागी भएको घरमा कपिल बस्ने गरेका थिएनन् । उनी अर्कै अपार्टमेन्टमा बस्दै आइरहेका थिए । शर्मा अहिले आफ्नो कमेडी प्रोग्राम ‘द कपिल शर्मा सो’मा व्यस्त छन् । शर्माको उक्त सोलाई दर्शकले धेरै मन पराएका छन् । उक्त सोलाई सलमान खानले प्रोडक्सन गरेका हुन् । सलमान आफ्नो बाबु सलिम खान र भाईहरुको साथमा यो सोमा अतिथि बनेर आइसकेका छन् ।
Fire breaks out at flat of Kapil Sharma at Oshiwara Mumbai..
Few feared trap inside!
Rescue on!.
🎬18july2019. pic.twitter.com/s7gR5Plv0c— @PotholeWarriors Foundation💙 #RoadSafety🇮🇳🛵🛣 (@PotholeWarriors) July 18, 2019
कमेडियन कपिल शर्माले केही बलिउड फिल्महरुमा पनि काम गरिसकेका छन् । । शर्माले किस–किसको प्यार करु, फिरङ्गी लगायतका फिल्महरुमा अभिनय गरेका थिए । उनका प्रशंसकलाई खुशीको खबर, उनी चाँडै बाबु बन्दैछन् । शर्माको २०१८ डिसेम्बरमा गिन्नी चतरथसँग बिहे भएको थियो ।
‘द लायन किङ’को अनुमानित बक्स अफिस कलेक्सन
काठमाडौँ । सन १९९४ मा आएको डिज्नेको फिल्म ‘द लायन किङ’को हिन्दी डब यस फिल्म सोहि नामबाट १९ जुलाईदेखि भारतीय सिनेमा घरमा प्रदर्शन भएको छ । यो फिल्मलाई ‘द जँगल बुक’ फेम निर्देशक जोन फेबरौले निर्देशन गरेका छन् । हिन्दी डबमा भारतका चर्चित कलाकारहरुले भ्वाइस ओभर गरेका छन् । शाहरुख खानले समेत भ्वाइस ओभर गरेको यो फिल्मको हिन्दी डबले भारतका राम्रो व्यापार गर्ने ठानिएको छ ।
बक्स अफिसमा यो फिल्मले पहिलो दिन १० करोड भारु ब्यापार गर्ने आशा गरिएको छ । भारतमा हलिउड फिल्मले राम्रै व्यापार गरिरहेको हुन्छ । यसैको आधारमा पनि यो फिल्मले पनि राम्रो व्यवसाय गर्ने सम्भावना देखिएको हो । तर यतिबेला भारतमा चलिरहेका फिल्मले बक्स अफिसमा राम्रै गरिरहेका छन् । भारतमा स्पाइडर म्यान फ्रमले ७५ करोडभन्दा बढि कमाइ सकेको छ ।
यस्तै ऋतिक रोशनको सुपर ३०, आयुष्मान खुरानाको आर्टिकल १५ र शाहिद कपुरको कविर सिंहले पनि राम्रै कमाइ गरेका छन् । सुपर ३० जुलाई १२, कविर सिंह जुन २२, आर्टिकल १५ जुन २८ देखि प्रदर्शनमा आएका फिल्म हुन् । र, यी फिल्महरुले अहिलेपनि दर्शकको साथ पाइरहेका छन् । यसकारण चाँही ‘द लायन किङ’लाई बक्स अफिसमा राम्रो कलेक्सन गर्न चूनौतिपुर्ण पनि छ ।
द लायन किङलाई शाहरुख खानले ४० पटक हेरिसकेका छन् । उनले आफ्ना छोराछोरीका लागि यो फिल्म ४० पटक हेरेका हुन् । यसको हिन्दी संस्करणमा शाहरुखका छोरा आर्यनले पनि भ्वाइस ओभर दिएका छन् । शाहरुखले किङ मुफासाको र छोरा आर्यनले शिम्वाको भ्वाइस ओभर गरेका छन् ।
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मद बीन रसिद आफ्नी श्रीमती भागेपछि न्याय खोज्दै बेलायत पुगेका छन् । उनले बेलायतको ‘लण्डन फेमिली कोर्ट’अदालतमा श्रीमती हायविरुद्ध मुद्दा दायर गरेका हुन् ।जहाँ आगामी जुलाइ ३० मा फैसला हुने बताइएको छ । दुबइको राजकीय सुविधा छोडेर सम्पत्ति सहित बेलायत पुगेको समाचार बेलायती संचारमाध्यमले सार्वजनिक गरेपछि शेख मोहम्मदले पनि बेलायतमै कानुनी उपचार खोजेका हुन् ।
जोर्डनका पूर्वराजाकी छोरी हया शेख मोहम्मदकी छैठौँ श्रीमतीको रुपमा रहँदैआएकी थिइन् । स्वतन्त्रताको लागि भन्दै आफ्नै छोरी युरोप छिरेपछि उनले पनि देश छोडेकी हुन् ।श्रीमती हयाले देश नै छाडेपछि कविता नै लेखेका शेख कानुनी लडाइँको तयारी देखिएपछि उनीहरुबीचको मुद्दा झन् पेचिलो बन्नसक्ने अन्तर्रा्ष्ट्रिय मिडियाहरुको टिप्पणी छ ।
गत वर्ष मात्रै शेख तथा हयाकी छोरीले सार्वजनिक रुपमै आफूमाथि बन्देज लगाइएको भन्दै युरोप छिरेकी थिइन् । दुबइका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेखले भने श्रीमती हयाले देश छाडेपछि उनैलाई सम्बोधन गर्दै गत साता कविता नै लेखेका थिए ।‘तिमिले अमुल्य विश्वास तोड्यौ, र तिम्रो खेलको रहस्य खुल्यो । तिम्रो ढाँट्ने समय समाप्त भइसकेको छ, र यसले पनि अर्थ राख्दैन कि, हामी के थियौँ र तिमी के छौ ।’यस्तै आशयको कविता उनले लेखेका थिए । ४५ वर्षीया हया र ६९ वर्षीय शेख मोहम्मदले २००४ मा विवाह गरेका थिए । शेखका हयासहित ६ श्रीमततीबाट ११ छोरी र ७ छोरा छन् ।
प्रतिक्रिया