सर्वोच्च अदालतमा घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र
सारांश
- काठमाडाै, १८ वैशाख ।
- सोमबार बुद्ध जयन्ती परेकाले सबै सरकारी कार्यालय बन्द भए।
- तर, सर्वोच्च अदालतमा भने सोमबार पनि खुल्यो।
काठमाडाै, १८ वैशाख । सोमबार बुद्ध जयन्ती परेकाले सबै सरकारी कार्यालय बन्द भए। तर, सर्वोच्च अदालतमा भने सोमबार पनि खुल्यो। बुद्ध जयन्तीको दिन पनि सर्वोच्च खुला गरिनुको कारण थियो, श्रीयन्त्र प्रतिस्थापनका लागि पूजा अर्चना।
सर्वोच्चको पुरानो भवनको भुइँतलामा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसहित सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीश तथा कर्मचारीले दिनभर नै पूजा गरे । पशुपतिनाथबाट ल्याइएको तामा र पित्तल मिसिएको श्रीयन्त्रको प्रतिस्थापनका लागि प्रधानन्यायाधीश जोशीको सक्रियतामा हवन गरिएको सर्वोच्च प्रशासनको भनाइ छ ।
हिन्दू धर्ममा श्री लेखिएको यन्त्रलाई भगवान शिवको तेस्रो आँखा मानिन्छ । न्याय क्षेत्रमा श्री यन्त्रलाई सत्य, न्याय र शान्तिको प्रतिकको रुपमा लिने गरिन्छ । न्यायको जगेर्ना र न्यापालिकको संरक्षणका लागि कामु प्रधानन्यायाधीश जोशीले विशेष पूजा अर्चना गरेर सर्वोच्चमा श्री यन्त्र स्थापित गरेका हुन् ।
नेपालमा २००८ सालमा प्रधानन्यायालको स्थापनापछि तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले रानीपोखरीमा रहेको अदालतमा श्रीयन्त्र स्थापित गरेका थिए । यो हनुमान ढोकामा रहको मल्लकालीन अदालत इटाचपली र लोटलिङको अभ्यासको निरन्तरता थियो ।
रानी पोखरीबाट रामशाहपथमा सर्वोच्च अदालत सरे पनि श्रीयन्त्रको स्थापना र पुजा अर्चना हुँदै आएको थियो । २०३८ सालमा नयनबहादुर खत्री प्रधानन्यायाधीश भएकाले बेला मर्मत सम्भारका क्रममा श्रीयन्त्र झिकिए पनि प्रतिस्थापन हुन सकेको थिएन ।
पछिल्लो समय न्यायालयको चौतर्फी आलोचना भइरहेका बेला कामु प्रधानन्यायाधीशले न्यायको जगेर्ना र अदालतको सम्मानका लागि श्रीयन्त्र प्रस्थापन गराएका हुन् ।
श्रीयन्त्रलाई साक्षी राखेर काम गर्दा घुुस खान नहुने, अनैतिक काम गर्न नहुने गरे आफूलाई मात्र नभइ सन्तानलाई समेत नास गर्ने धार्मिक विश्वास रही आएको छ ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє☕ ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Pradeep Chaudhary
Hawa guff
Gb Chettri
हो पिरोल्न्त बेगर खुन पसिनाको कमाइले बिस्तारै बिस्तारै अवश्य पिरल्छ मात्रै होइन ढिलो छिटो खरानिनै बनाएर छाड्छ ।यो मात्रै दुई दिन्को मोज मस्ती मात्रै हो यस्तर्फ सबैको ध्यान जावोस।
Gb Chettri
हावा होवा होइन अनुभव गरेर हेर्नू होस्न मित्र आफै थाहा पाउनु हुनेछ।