भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
३० पटक हेरिएको
Shares
भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…

सारांश

  • काठमाडौं, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन्।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्ती सहितक जान लागेका हुन्।
  • भ्रमणका बेला उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकटा नायडुसँग शिष्टाचार भेट र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।

काठमाडौं, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्ती सहितक जान लागेका हुन्।

भ्रमणका बेला उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकटा नायडुसँग शिष्टाचार भेट र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। नयाँदिल्ली पुग्नेबित्तिकै प्रधानमन्त्री ओलीले भारतीय उद्योगी तथा व्यापारीसँग अन्तरक्रिया गर्ने छन्। उनले नयाँदिल्लीमा नेपाली समुदायसँग कुराकानी गर्नेछन्।

आज शुक्रबार साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। भारत सरकारले प्रधानमन्त्री ओलीलाई राजकीय पाहुनाको रुपमा राष्ट्रपति भवनमा राख्नेछ ।

प्रधानमन्त्री ओलीलाई शनिबार बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनरले सम्मान गरिनेछ। त्यसपछि उनले राष्ट्रपति कोविन्द र उपराष्ट्रपति नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। सो भेटवार्तापछि उनले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगी पुष्पगुच्छा चढाउनेछन् ।
त्यसपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा ‘वान अन वान’ वार्ता हुनेछ । त्यसपछि ओली र मोदीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

द्विपक्षीय वार्ता सकिएपछि नेपाल र भारतबीच समझदारी बनेका केही सम्झौतामा हस्ताक्षर गर्ने र दुवै देशका प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। शनिबार मोदीले आयोजना गर्ने दिवा भोजमा सहभागी हुने कार्यक्रम छ ।

शनिबार ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंहले राष्ट्रपति भवनमा गई शिष्टाचार भेट गर्नेछन्। भारतका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटको कार्यक्रम छ।

‘दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा विरगन्जथित एकीकृत चेक पोस्टको उद्घाटन गर्ने कार्यक्रम छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री ओली इन्डिया फाउन्डेसनले आयोजना गर्ने एक अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

ओलीलाई आइतबार उत्तराखण्ड पन्तनगरस्थित जिबी पन्त युर्निभर्सिटी अफ एर्गिकल्चर एन्ड टेक्नोलोजीले विज्ञान विषयमा मानार्थ विद्यावारिधिले विभूषित गर्ने कार्यक्रम छ। ओली आइतबार साँझ स्वदेश फर्कने छन्।

प्रधानमन्त्री ओलीसँगै भारत जाने टोलीमा उनकी श्रीमति राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग, वाणिज्य र आपूर्ति मन्त्री मात्रृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, १० जना सांसद, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकर दास बैरागीलगायत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकाएक ओलीसँग प्रचण्ड किन झस्किए ?
एकाएक ओलीसँग प्रचण्ड किन झस्किए ?
तपस्वी बम्जनलाई प्रहरीले सार्वजनिक गर्याे
तपस्वी बम्जनलाई प्रहरीले सार्वजनिक गर्याे
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
एनसीसी बैंक र प्राईम लाईफबीच बैंंकास्योरेन्स सम्झौता
एनसीसी बैंक र प्राईम लाईफबीच बैंंकास्योरेन्स सम्झौता
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो !
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो !
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन स् गृहमन्त्री थापा
जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक
जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक
डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै पाटन अस्पताल तनावग्रस्त !!!
डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै पाटन अस्पताल तनावग्रस्त !!!
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …

तपाईंले छुटाउनुभयो कि?