नेपाल प्रहरीका १० प्रहरी विशेष बढुवामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
४७ पटक हेरिएको
Shares
नेपाल प्रहरीका १० प्रहरी विशेष बढुवामा

सारांश

  • काठमाडौं।
  • नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ ।
  • प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए।

काठमाडौं। नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए।

उहाँका अनुसार विशेष बढुवामा परेकामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रहरी नायब निरीक्षक तिलराम बोहरा सार्की वरिष्ठ नायब निरीक्षक भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय दरबन्दी भएका प्रहरी सहायक निरीक्षक अर्जुन सेठ्ठी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका वामदेव घिमिरेलाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ ।

यसैगरी प्रहरी सहायक हवलदारबाट हवलदार पदमा बढुवा हुनेहरूमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, केन्द्रीय अनुसन्धान ब्यूरोका लक्ष्मण सापकोटा, लागुऔषध नियन्त्रण ब्यूरोका भुदरमणि जोशी, वडा प्रहरी कार्यालय विर्ता पर्साका गनकुमार खण्डमुल, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा अङ्गरक्षक गणका उपेन्द्र चौधरी रहेका छन् ।

त्यस्तै विषेश ब्यूरोमा कार्यरत प्रहरी हवलदार सविर अलि अन्सारी वरिष्ठ प्रहरी हवल्दारमा र प्रहरी प्रधान कार्यालय कार्य विभाग मर्यादा पालक एकाइ नक्सालका प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवलदारमा बढुवा भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ हजार रुपैयाँ घुससहित लेखापाल पक्राउ
२५ हजार रुपैयाँ घुससहित लेखापाल पक्राउ
डोल्पाबाट रिङ्दैघुम्दै वामदेव आइपुगे काठमाडौमा, जित्लान् ?
डोल्पाबाट रिङ्दैघुम्दै वामदेव आइपुगे काठमाडौमा, जित्लान् ?
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
ब्राण्ड बकेटद्धारा स्वास्थ्यसम्बन्धि उत्पादनहरु नेपाली बजारमा उपलब्ध
ब्राण्ड बकेटद्धारा स्वास्थ्यसम्बन्धि उत्पादनहरु नेपाली बजारमा उपलब्ध
एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा‘
एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा‘
भत्कियो सत्तागठबन्धन: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो
भत्कियो सत्तागठबन्धन: राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री तीन दललाई आलोपालो
कामचलाउ सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्ति नगर्न प्रचण्डको चेतावनी !
कामचलाउ सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्ति नगर्न प्रचण्डको चेतावनी !
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
पहिलो एकदिवसिय खेलः रिपनको ५० रन पुरा, पारस एक्लैले ४ विकेट लिए
पहिलो एकदिवसिय खेलः रिपनको ५० रन पुरा, पारस एक्लैले ४ विकेट लिए
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’