मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
२० पटक हेरिएको
Shares
मितेरी पार्टीकोे चुनावी एजेण्डा, एमसीसी खारेजी, मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था

सारांश

  • काठमाडौ ।
  • काठमाडौ क्षेत्र न ४ बाट मितेरी पार्टी नेपालको तर्पmबाट पञ्चीदेवी थापा मगर चुनावी मैदानमा छन ।
  • समासेवी समेत रहेकी थापा मगरले प्रतिनिधि सभा सदस्य पदको लागि पार्टीबाट समानुपातिक उम्मेदवारी पाएकी हुन ।

काठमाडौ । काठमाडौ क्षेत्र न ४ बाट मितेरी पार्टी नेपालको तर्पmबाट पञ्चीदेवी थापा मगर चुनावी मैदानमा छन । समासेवी समेत रहेकी थापा मगरले प्रतिनिधि सभा सदस्य पदको लागि पार्टीबाट समानुपातिक उम्मेदवारी पाएकी हुन । लामो समयदेखि सामाजिक काममा लागि परेकी पञ्चीले महिलाका मुद्धालाई अगाडि सार्दै आफु चुनावी मैदानमा उत्रिएको मंगलबार पत्रकार सम्मेलनमा बताइन ।
कार्यक्रममा उनले पार्टीको प्रमुख एजेण्डालाई आत्मसाथ गर्दैै दृढ संकल्पका साथ आफु चुनावी मैदानमा उत्रिएको बताउदै पार्टीको चुनाव चिह्न घोडामा समानुपतिक तर्पm मतदान गरी नेपालको राजनीतिकमा परिवर्तन ल्याउन मतदातालाई आग्रह समेत गरेकी छन । देशमा भएको विद्यमान राजनीतिक अवस्था लथालिंग भएको, भष्ट्रचारमुखी भएको बताउदै राजनीतिक परिवर्तन तथा भष्ट्रचार नियन्त्रणका लागि मितेरी पार्टी नेपालको चुनाव चिह्न घोडामा मतदान गर्न आग्रह गरेकी छन ।
कार्यक्रमा मितेरी पार्टी नेपालका अध्यक्ष तथा झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार घनेन्द्रबहादुर बस्नेतले पार्टीका प्रमुख एजेण्डा मितेरी पार्टी नेपालको आवश्यकताका विषयमा प्रष्ट पारेका थिए । बस्नेतका अनुसार मितेरी पार्टी नेपालले नेपालको स्वधिनता बचाउन धर्म निरपेक्ष खारेज गरी सबै धर्म सास्कृतिको सम्मान गर्दै बैद्धिक सनातन हिन्दु राष्ट्र कायम गराउने पार्टीको एजेण्डा रहेको बताए । साथै सात प्रदेश खारेज गरी सिंगो र सग्लो नेपाल कायम गर्ने वैदेशिक हस्ताक्षेप बन्द गर्ने भष्ट्रचार नियन्त्रण, सुकुम्बासीलाई बस्ने घरको व्यवस्था, बृद्धबृद्धा असहायलाई मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ताको व्यवस्था, कालाबजारी बढदो मंहगी नियन्त्रण जस्ता कार्य पार्टीको प्रमुख एजेण्डा रहेको बताए ।

त्यसैगरी कार्यक्रमा काठमाडौ क्षेत्र न ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका राजेश भारतीले देशमा राजनीतिक अस्थिरता छाएको र प्रमुख दलहरुले झुण्डको राजनीति देखाएको कारण जनता परिवर्तन मुखी भएको र जनताको चाहना अब मितेरी पार्टीले पुरा गर्ने बताए । कार्यक्रममा भारतीले देशका प्रमुख दलहरुले एमसीसीका नाममा देशलाई खाल्डोमा हालेको बताए । एमसीसी नेपालको हितमा नभएको भन्दै एमसीसी खारेजी गर्नु तथा देशमा जनतामुखी व्यवस्थापन निर्मार्णका लागि मितेरी पार्टी नेपालको तर्पmबाट आफु चुनावी मैदानमा उत्रिएको बताए ।

त्यसैगरी प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र न २ बाट समानुपातिक उम्मेदवारी दिएकी पुष्पा अधिकारी रिजालले महिलाको हक हित तथा रक्षाको लागि आफुले उम्मेदवारी दिएको बताइन । रिजालका अनुसार विभिन्न कारण अन्यायमा परेका महिलाको हक अधिकार सुनिश्चित गराउने आफनो पहिलो प्राथमिकता रहेको बताइन । उनले देशमा बढदै गएको महंगी नियन्त्रण तथा भष्ट्रचार नियन्त्रण साथै विदेशीको इशारामा परिचालित नेपालको राजनीतिक परिपाटी अन्त्य गर्न मितेरी पार्टीको चुनाव चिह्न घोडामा मतदान गर्न ७७ वटै जिल्लाका मतदातालाई आग्रह गरेकी छन ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री अबिर खाँनले मितेरी पार्टी नेपालले सबै जातीको हक हित सुनिश्चि गर्ने बताउदै सबैलाई घोडा चिह्नमा मतदान गर्न आग्रह गरे । पार्टीका सहअध्यक्ष विष्णु पौडेलले देशमा प्रमुख दलहरुको हालिमुहाली भएको जनताका र राष्ट्रको स्वाधिनतामा चासो नदेखाएको औलाउदै देशको स्वाभिमान र जनताको हक अधिकार सुनिश्चित गर्नका लागि मितेरी पार्टीको स्थापना भएको बताए ।

त्यसैगरी कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य सूर्या घिसिङले देशमा जनताले परिवर्तन हेर्न चाहेका तर प्रमुख दलहरुले परिवर्तन नचाहेको भन्दै अव जनता आपैm सचेत हुने बेला आएको बताइन । हिजोका दिनमा प्रमुख दलहरुलाई भोट दिएर जिताएर पाठाउदा आज देश दलदलमा फसेको बताउदै दलहरुका मिठा कुरा र चिप्ला कुरामा नफस्न मतदातालाई आग्रह गरेकी छन । दलहरुले विभिन्न लोभ लालच देखाइ जनताको स्वभिमानलाई खरीद विक्रि गरेको बताउदै भोज भतेर र पैसामा नबिकि राष्ट्रको हितको लागि एक कदम माथि उठने बेला भएको र त्यो केवल जनताले परिवर्तन गर्न सक्ने बताइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?