१० मिनेट डुंगा चढेको ८ सय !
सारांश
- अस्बिन खड्का, २० बैशाख – सप्तकोशीमा डुंगा चलाएर सञ्चालकले सुविधाको नाममा ब्रम्हलुट गरेका छन् ।
- एकमहिना अघिदेखि सञ्चालनमा ल्याइएको डुंगामा १० मिनेट यात्रा गरेबापत प्रतिव्यक्ति ८ सय रुपैयाँ लिने गरिएको छ ।
- डुंगा ल्याइएपछि आवतजावतमा सहज हुने भएकाले स्थानीयमा खुसीयाली छाएको थियो ।
अस्बिन खड्का, २० बैशाख – सप्तकोशीमा डुंगा चलाएर सञ्चालकले सुविधाको नाममा ब्रम्हलुट गरेका छन् । एकमहिना अघिदेखि सञ्चालनमा ल्याइएको डुंगामा १० मिनेट यात्रा गरेबापत प्रतिव्यक्ति ८ सय रुपैयाँ लिने गरिएको छ ।
डुंगा ल्याइएपछि आवतजावतमा सहज हुने भएकाले स्थानीयमा खुसीयाली छाएको थियो । तर, उक्त डुंगामा भाडा अत्याधिक महंगो भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । अहिले लिइरहेको भाडा निकै महंगो भएकाले तत्काल नियन्त्रण गर्न वेलका नगरपालिकाका शिक्षक, कर्मचारी, स्थानीयबासीले समेत विरोध गरेका हुन् ।
पर्यटकलाई सेवाको नाममा डुंगा सञ्चालकले स्थानीयलाई महंगो भाडा लिएको स्थानीय अनिल आचार्यले बताए। उदयपुरको वेलका नगरपालिका र सुनसरीको चतरामा रहेको सप्तकोशीमा केही समयअघि तामझामका साथ सप्तकोशीमा पानीका लागि मेसिनबाट चल्ने डुंगा सञ्चालनमा ल्याइएको हो ।
सप्तकोशीमा २०६८ सालमा त्यस प्रकारको डुंगा सञ्चालनमा ल्याइएको थियो । त्यस डुंगालाई पानी जहाजको संज्ञा दिंदै व्यापक प्रचारप्रसार सहित एक निजी कम्पनीले अघिल्लो महिना मात्रै पुनः सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया