बाढीको कारण बिद्यालयमा पठनपाठन अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
४५ पटक हेरिएको
Shares
बाढीको कारण बिद्यालयमा पठनपाठन अवरुद्ध

सारांश

  • स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ ।
  • नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो ।
  • आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पु¥याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर डिस्वाले बताउनुभयो ।

स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबँेसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो । आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति पु¥याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर डिस्वाले बताउनुभयो । उक्त खोलाको बाढी पसेर विद्यालयको चार वटा कोठामा क्षति पु¥याएको थियो । विद्यालयको प्राङ्गणका साथै कक्षा १ देखि ४ सम्मका कोठा पूरै हिलो, गिट्टी, बालुवाले तीन फिटसम्म पुरेकोे उहाँले जानकारी गराउनुभयो ।

उक्त विद्यालयमा करीब तीन सय विद्यार्थी अध्ययनरत छन् । अविरल वर्षापछि खसेको पहिरोका कारण बुलिङटार सडक पनि अवरुद्ध भएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताउनुभयो । पोखरीदेखि बुलिङटारसम्म जाने सडकको विभिन्न स्थानमा पहिरोले अवरुद्ध पारेकाले यस क्षेत्रका सवारीसाधान चल्न सकेका छैनन् । अर्खला, तल्लो अर्खलालगायत स्थानमा पहिराले राजमार्ग अवरुद्ध बनाएकाले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

(https://chiringa.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?