पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयनमा पर्न सफल

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनयनमा पर्न सफल

सारांश

  • काठमाडौं ।
  • नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् ।
  • क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी मनोनयनमा परेको मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् । क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी मनोनयनमा परेको मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त मनोनयनमध्ये विजेता खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । मनोनयनमा परेका आशिफ शेखले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमा नै अविजित अर्धशतक बनाएका थिए । उनले नेदरल्याण्डविरुद्धको खेलमा कुशल भुर्तेसँग ११६ रनको साझेदारी गरेका थिए जुन नेपालको ओपनिङमा उच्च साझेदारी थियो ।

त्यस्तै शेखले सन् २०२३ मा आइसिसीको स्पिरिट अफ क्रिकेट अवार्ड जिते । उक्त अवार्ड पाउने उनी नेपालको पहिलो खेलाडी हुन् । त्यसैगरी त्रिभुवन आर्मी क्लबमा आवद्ध टेनिसकी अभिलाषाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार स्वर्ण जित्दै नयाँ कीर्तिमान कायम गरेकी थिइन् । उनी प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी हुन् ।

भलिबलकी उषा सम्मिलित टोलीले नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेको थियो । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । 
  
नेपाल सन् २०१९ मा बङ्गलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले उपाधि जित्दा उषा टोलीको सदस्य थिइन् । पौडीकी डुवानाले पोखरामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्ण र एक रजत पदक प्राप्त गरेकी थिइन् । विगत २०६४ सालदेखि उनले पौडीमा निरन्तर सक्रिय सहभागिता जनाउँदै आएकी छिन् । 
  
फुटबलका अन्जन राष्ट्रिय टोलीबाट ११ गोल गर्न सफल भएका थिए । सर्वाधिक गोलकर्ताको दौडमा उनी तेस्रो स्थानमा छन् । अन्जनभन्दा अगाडि नीराजन रायमाझी र हरि खड्का छन् । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङका आधारबाट चुनिने छन् ।
  
आगामी फागुन २३ गते हुने उक्त १९औँ संस्कारणको पल्सर स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा सम्मान गरिनेछ । जसमा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
बामदेवको आक्रोश ! छ त  पार्टी नै फुटाउने संभावना ?
बामदेवको आक्रोश ! छ त पार्टी नै फुटाउने संभावना ?
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
भारतको सीमा मध्यरातिबाट बन्द, नेपाल र भुटानलाई असर नगर्ने
भारतको सीमा मध्यरातिबाट बन्द, नेपाल र भुटानलाई असर नगर्ने
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
पाँच जनाले जिते कोरोना : २९ दिनमा डिस्चार्ज भए अर्का बिरामी
गठबन्धनको टुङ्गो भोलिसम्मः अध्यक्ष दाहाल
गठबन्धनको टुङ्गो भोलिसम्मः अध्यक्ष दाहाल
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
दसैंमा ३० लाखले राजधानी छोड्ने
टिभी सिरियलमा सबैभन्दा धेरै कमाउने दिव्यांका त्रिपाठी
टिभी सिरियलमा सबैभन्दा धेरै कमाउने दिव्यांका त्रिपाठी
अर्का कोरोना संक्रमितको पनि मृत्यु, ९ जना पुगे नेपालमा ज्यान गुमाउने

तपाईंले छुटाउनुभयो कि?