पुष्पकमल दाहालका स्वकीय सचिव पनि रहेनन् माओवादीमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पुष्पकमल दाहालका स्वकीय सचिव पनि रहेनन् माओवादीमा

सारांश

  • धनगढी, १० मंसिर नेकपा माओवादी केन्द्रका चार जना केन्द्रीय सदस्य सहित एक हजार बढी कार्यकर्ता आइतबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
  • प्रवेश गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चेतराज भट्ट, धनगढी उपमहानगरपालिकामा माओवादीका मेयरका उम्मेदवार रामसमझ राना, केन्द्रीय सदस्यहरु गंगा योन्जन र केशवराज जोशी रहेका छन् ।
  • भट्ट डडेल्धुराका निर्वाचित वडा अध्यक्ष पनि हुन् ।

धनगढी, १० मंसिर

नेकपा माओवादी केन्द्रका चार जना केन्द्रीय सदस्य सहित एक हजार बढी कार्यकर्ता आइतबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चेतराज भट्ट, धनगढी उपमहानगरपालिकामा माओवादीका मेयरका उम्मेदवार रामसमझ राना, केन्द्रीय सदस्यहरु गंगा योन्जन र केशवराज जोशी रहेका छन् ।

भट्ट डडेल्धुराका निर्वाचित वडा अध्यक्ष पनि हुन् । त्यसैगरी धनगढी वडा नम्बर ८ का पार्टीका वडाध्यक्ष सुग्रिब राना, ७ का लोकेन्द्र जोशी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय कोषाध्यक्ष कल्पना पौडेल सहित एक हजार भन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई एक समारोहबीच काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवा, धनगढीका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय डिल्लीराज पन्त तथा जीवन कुमारी राना, महासमिति सदस्य नारायणदत्त भट्ट लगायतले स्वागत गर्नुका साथै पार्टीको सदस्यता प्रदान गरेका थिए ।
नेपाल महिला संघ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य रानाले एमाले तथा माओवादी केन्द्र सत्तास्वार्थमा मात्रै सिमित भएको बताए ।

उनले रानाथारु, डंगौरा थारु सहितका सिमान्तकृत समुदायमाथि माओवादीले सधैं शोषण मात्रै गरेको र पछाडी पारिएका वर्ग र समुदायको अधिकारको संरक्षण काँग्रेसले मात्रै गरेको अनुभव भएको बताए ।

उनले सम्पूर्ण सिमान्तकृत वर्ग समुदायलाई लोकतन्त्र, आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि काँग्रेसमा समाहित हुन आह्वान गरे ।

गत स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार रानाले १० हजार बढी मत प्राप्त गरेका थिए।

उनिहरु काँग्रेसमा प्रवेश गरेपछि कैलालीको क्षेत्र नम्बर ५, ४ र ३ मा एमाले तथा माओवादीभित्र ठूलो भूइँचालो गएको छ भने लोकतान्त्रिक गठवन्धन भित्र सकारात्मक सञ्चार भएको बताइएको छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Prem Pun

    अारजु को पैसो मा बिक्यो साला चोर हरू

    Comment Author

    Chandrakala Adhikari Koirala

    Sahi nirnaya swagat 6 sabailai.

    Comment Author

    Roshan Mahara

    paisa ma bikna huru lai ramro thau ho kangress

    Comment Author

    Kapil Bhatta

    चुनाब को मुख मा पाटि परिबर्तन गर्ने को खासै महत्तो हुदैन यी चोर हरु भोलि जुन पाटी म।नि जान सक्छन/

    Comment Author

    Krishna Thakuri

    अरू केही होइन चुनाबकाे टाइममा ९अर्ब रूपया बिनियाेजन गरेकै यसतै भेडा बाख्रा खरिद गर्नकाे लागि नै हाे

    Comment Author

    Gandhi Prasad Sharma

    Great

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?