सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो

सारांश

  • अश्बिन खड्का, २३ वैशाख- राष्ट्रसंघीय शान्ति मिसनमा पुगेका एक प्रहरी सुन काण्डमा मुछिएपछि फर्काइएको छ ।
  • मिसनमा रहेका प्रहरी हवल्दार अम्बरबहादुर थापालाई फिर्ता बोलाएर मोरङ अदालतमा पेश गरिएको हो ।
  • थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यरत रहेका बेला एसएसपी श्याम खत्रीको निर्देशनमा सुन ओसार्ने गतिविधिमा संलग्न थिए।

अश्बिन खड्का, २३ वैशाख- राष्ट्रसंघीय शान्ति मिसनमा पुगेका एक प्रहरी सुन काण्डमा मुछिएपछि फर्काइएको छ । मिसनमा रहेका प्रहरी हवल्दार अम्बरबहादुर थापालाई फिर्ता बोलाएर मोरङ अदालतमा पेश गरिएको हो ।

थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यरत रहेका बेला एसएसपी श्याम खत्रीको निर्देशनमा सुन ओसार्ने गतिविधिमा संलग्न थिए। गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले तस्करीमा उनको समेत संलग्नता रहेको भेटाएपछि पछि प्रतिवादी बनाउन सिफारिस गरेको थियो। र उनलाई शान्ति मिसनबाट फिर्ता बोलाइएको हो। सुन तस्करीमा सहयोग गर्ने एसएसपी खत्री भने फरार छन्।

मुख्य अभियुक्तलाई जोगाउने प्रयास गरेको अभियोगमा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । सुन तस्करी र हत्या मुद्दामा पक्राउ पर्नेको संख्या ३० पुगेपनि मुख्य नाइके चुडामणि उप्रेती गोरे सहित ३३ जना अझै फरार छन्। पक्राउ पर्नेको हाल जिल्ला अदालत मोरङमा थुनछेक बहसको मुद्दा र बयानको क्रम चलिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेलनमा सहभागी
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन
प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
साउदी जानेको न्युनतम पारिश्रमिक ९ हजारले बढ्यो, हवाई टिकट समेत कम्पनीले दिने
साउदी जानेको न्युनतम पारिश्रमिक ९ हजारले बढ्यो, हवाई टिकट समेत कम्पनीले दिने
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने
प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
The Untold Secret To Perfecting Colombian Postal mail Order Brides to be on Colombianwomen. net In only three Times

तपाईंले छुटाउनुभयो कि?