विहिबार थपिए ६७१ कोरोना संक्रमित, हालसम्म २२ को मृत्यू
सारांश
- नेपालमा कोरोना भाइरसका ६ सय ७१ जना संक्रमित थपिएका छन् ।
- योसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा कोरोना भाइरसका ६ सय ७१ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ५ सय ९१ पुरुष र ८० जना महिला छन् । कुल संक्रमितमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला छन् ।
पछिल्लो समय विदेशबाट नेपालीहरु आउने क्रम बढेको र टेष्ट पनि बढेकोले संक्रमित वृद्धि भएको पाइएको जनाइएको छ । यसैगरी, स्वास्थ्य मन्त्रालय आज थप दुईजना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको । योसँगै कुल मृतक संख्या २२ पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया