हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
हल बन्याे प्रदिपमय, रामकहानी गाेपि कृष्णमा नदेखाइनुकाे कारण यस्ताे छ !(भिडियाेसहित)

सारांश

  • काठमाडाैँ, २२ भदाै ।
  • शक्रबारबाट  क्राइम थ्रिलर स्टाेरीमा बनेको चलचित्र रोज प्रदर्शनमा आएकाे छ ।
  • अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

काठमाडाैँ, २२ भदाै । शक्रबारबाट  क्राइम थ्रिलर स्टाेरीमा बनेको चलचित्र रोज प्रदर्शनमा आएकाे छ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीपको साथमा परमिता राणा, मिरुना मगर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा प्रदीप बहुचरित्र भएकाे पात्रकाे भुमिका निर्वाह गरेका छन् ।

फिल्मले प्रदर्शनकाे पहिलाे दिन नै दर्शकहरुबाट निकै उत्साहजनक प्रतिक्रिया पाएकाे छ । सँधै एक लवर ब्वाइ काे भूमिकामा देखिने प्रदिपका लागि याे फिल्मकाे कथा र पात्र दुवै नाैला थिए । तर उनकाे नयाँ रुप पनि दर्शकले सहर्ष स्विकारेका छन् । राेजी हत्या प्रकरणले गर्दा विवादमा तानिएकाे फिल्म राेज राेजीका परिवार पनि सँगै बसेर हेरेपछि कथा वस्तु फरक भएकाे पुष्टि भएकाे छ । राेजीका परिवारले पनि फिल्मले समाजलाई राम्राे सन्देश दिएकाे बताएका छन् ।

त्यस्तै शुक्रवारबाटै प्रदर्शनमा  अाएकाे चलचित्र रामकहानी चावहिल स्थित गोपीकृष्णमा नचल्ने भएको छ । रामकहानी टिमले आफ्नो चलचित्र गोपीकृष्णमा नचलाउने घोषणा गरेको चलचित्रकी निर्मात्री तथा अभिनेत्री पूजा शर्माले बताएकी छन् । प्रदिप खड्काकाे चलचित्र राेज पनि अाजै देखि प्रदर्शनमा अाउनु र उक्त फिल्म गाेपि कृष्ण व्यानरमै बन्नु यसकाे मुख्य कारण मानिएकाे छ ।

प्रदिप र पुजा बिच मनमुटाव भैरहेका बेला प्रतिश्पर्धा पनि उतिकै छ । यस्ताेमा कुन चलचित्र चल्छ र कुन चल्दैन त्याे भने हेर्न बाँकि छ ।

https://www.youtube.com/watch?v=Z-F45CLHCBU&t=88s

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?