मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मोदीले ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन् भनेपछि के हाेला हालत ?

सारांश

  • काठमाडाै, २३  वैशाख ।
  •   वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र दामाेदर माेदी नेपाल आउने निश्चित भएको छ ।
  • तर, यताचाहिँ ‘जब भयो राति अनि… ताती’ भनेझैं उनको भ्रमणलाई लक्षित गर्दै सडकमा अलकत्रा पोख्न थालिएको छ ।

काठमाडाै, २३  वैशाख ।  वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र दामाेदर माेदी नेपाल आउने निश्चित भएको छ ।

तर, यताचाहिँ ‘जब भयो राति अनि… ताती’ भनेझैं उनको भ्रमणलाई लक्षित गर्दै सडकमा अलकत्रा पोख्न थालिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि गाडीमा बसेर हायात होटल गई चेक इन गर्ने तयारी छ । त्यही कुरालाई मध्यनजर गर्दै धमाधम होटलको गेटसम्म गौशालादेखि बाटो पोत्ने काम शुरु भएको छ । खाल्डाखुल्डी टाल्ने, डोजर लगाएर पेल्ने कामलाई वर्षातले केही समस्या पारे पनि निरन्तरता दिइएको छ ।

तर हायातदेखि पूर्वपट्टिको बाटोको भने बेहाल छ । धुलो, खाल्डो र स्थिति यति दयनीय छ कि बौद्धसम्म पुग्दा नै जो कोही हैरान हुन्छ ।

कथम्कदाचित विप्लवका कार्यकर्ताले कालो झण्डा देखाउने भए वा यस्तै अवस्था आइपरेर सुरक्षाकर्मीले बाटो डाइभर्ट गर्नुप¥यो भने के हुन्छ ? त्यसमाथि मोदीको गाडीबाट निस्केर जनतासँग हात मिलाउँदै हिँडिदिने, सर्वसाधारणलाई भेट्ने अनौठो स्वभाव पनि छ । यस्तोमा उनले के सोच्लान् ? ‘ए, मलाई हिँडाउने बाटोचाहिँ भर्खर टालेछन्, अरुतिर भने उस्तै रहेछ’ भन्दैनन् ?यसैबीच आगामी साउनमा घर जाने तयारीमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बंगलादेश, भारत र चीनको प्रधानसेनापतिलाई नेपाल बोलाउने र आफू पनि एकपटक त्यता जाने तयारी थालेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?