केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित

सारांश

  • काठमाडौं, २७ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्ताव दुई तिहाईभन्दा बढीले पारित भएको छ ।
  • आइतवार प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमाथि छलफल र मतदान भएको थियो ।

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्ताव दुई तिहाईभन्दा बढीले पारित भएको छ । आइतवार प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमाथि छलफल र मतदान भएको थियो ।

माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत मागेका थिए । ओलीले २ सय ८ मत पाएका छन् । विपक्षमा ६० मत परेको छ । मतदानमा जम्मा २ सय ६१ सांसद सहभागी भएका थिए ।

एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपाले ओलीलाई मत दिएका छन् । यस्तै राष्ट्रिय जनमोर्चा र राप्रपाले पनि ओलीलाई नै मत दिएका छन् । प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेस र नेमकिपाका सांसदहरुले ओलीलाई मत दिएका छैनन् ।

नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै थिएनन् । आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Binod Kadel

    La PM badhai chha aba des ra janatako hitma ahoratra khatinu hola…..hamro yehi chha suvechhya…

    Comment Author

    Purna Thami

    देशका काम नलाग्ने नेता हुन बाबुराम भट्टराई , तर गाेरखाली जनताले भाेट दिएर गलती गरे। यदि नारायण काजी ले भाेट जितेकाे भए गाेरखा मा अत्याधिक बिकास हुने थियाे।

      Comment Author

      Sujal Chettri

      कुकुर को पुच्छर बार बर्षा ढुण्ग्रा मा हाले पनि बाङ्गगो भनेझै हो गरीब जनता लाई हेर्न होइन

    Comment Author

    JN Marasini

    एस्तो खुसिको दिन पनि आउदो रहिछ । बामपंथी एकता जिन्दावाद

    Comment Author

    Prem Basnet

    अब दुइतिहाइ मत होइन भने जसो गरि काम जनतालाइ देखाउनु अर्को चुनाबमा तीन तिहाइ ढुक्क 5 बर्स pm ज्यु!

    Comment Author

    Kul Prasad Jabegu

    Baburamlai yo desma neta mannu ra tharma kukurlai mala laidnu autai ho

    Comment Author

    Ram Rai

    बाबुराम नअाए के हुन्छ र?

    Comment Author

    Avagi Poudel

    बाबुराम मलेसिया मा लेबर काम गर्न आको छ

      Comment Author

      Krishna Bindash

      Hahahaha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
ओलीलाई हटाउन प्रचण्ड र नेपाल अन्तिम तयारी गर्दै
ओलीलाई हटाउन प्रचण्ड र नेपाल अन्तिम तयारी गर्दै
युवाहरुको खास प्रतिनिधि म नै हो – बस्नेत
युवाहरुको खास प्रतिनिधि म नै हो – बस्नेत
ल्यापटप, मोबाइल, प्रिन्ट, फोटोकपी र चिपलेबलमा युवालाई दक्ष बनाउँदै एलाईन्स
ल्यापटप, मोबाइल, प्रिन्ट, फोटोकपी र चिपलेबलमा युवालाई दक्ष बनाउँदै एलाईन्स
काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए
six Factors We would Do In the event I’d Commence Once again Asia Wives — JapaneseMailOrderBride. com
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग

तपाईंले छुटाउनुभयो कि?