मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ

सारांश

  • काठमाडौं, २५ माघ ।
  • मानव तस्करी गरेको आरोपमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेका छन् ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले खड्गीलाइ पक्राउ गरेको हो ।

काठमाडौं, २५ माघ । मानव तस्करी गरेको आरोपमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले खड्गीलाइ पक्राउ गरेको हो ।

कलाकार खड्गीले कलाकारको नाममा मानिसहरुलाई दक्षिण कोरिया लगेर छाडेको आरोप लगाइएको छ । उनलाई पक्राउ गरिएको सीआइबीका प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

नृत्य कलाकारको नाममा ११ जनालाई दक्षिण कोरिया लगेर छाडेको आरोप उनलाई लगाइएको छ । डीआइजी कार्कीले १ जनाबाट १० देखि १५ लाख रुपैयाँसम्म लिएको खुलेको जानकारी दिए । यद्यपि उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?