प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक : मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने

सारांश

  • काठमाडौं।
  • आइतबार राति आएको हावा हुरीका कारण बारा र पर्सामा ५० भन्दा बढीको निधन भएको छ।
  • यद्यपी सरकारी संयन्त्रले भने ३२ जनाको निधन भएको पुष्टि गरेको छ।
काठमाडौं। आइतबार राति आएको हावा हुरीका कारण बारा र पर्सामा ५० भन्दा बढीको निधन भएको छ। यद्यपी सरकारी संयन्त्रले भने ३२ जनाको निधन भएको पुष्टि गरेको छ।
हावा हुरीमा परी ५०० भन्दा बढी घाइते भएको दुई नम्बर प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए। विशेष गरी बारामा ठूलो जनधनको क्षति भएको छ। क्षतिको पूर्ण विवरण आइसकेको छैन।
यसैबीच दुई नम्बर प्रदेश सरकारले हरेक मृतकका परिवारलाई ३ लाख रुपियाँ क्षतिपूर्ती दिने निर्णय गरेको छ। सोमबार विहान बसेको मन्त्रिपरिषदको आपतकालीन बैठकले घाइतेको निशुल्क उपचार, भत्किएका घरहरको लागत संकलन गरेर बनाइदिने पनि निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिए।
मन्त्रिपरिषद बैठकले राहत र उद्दारमा लाग्न आह्वान गरेको छ। यसैगरी दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबावु राउतले राहत तथा उद्दारमा सहभागी हुने स्वास्थ्यकर्मी र  युवाहरुलाई आह्वान गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?