आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
४० पटक हेरिएको
Shares
आजै साँझ फेरि संवैधानिक परिषद बैठक किन डाकियो ?

सारांश

  • काठमाडौं, ३० मंसिर ।
  • गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
  • आज विहान बसेको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भए ।

काठमाडौं, ३० मंसिर । गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ । आज विहान बसेको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भए । यसले ओलीलाई बल मात्र दिएको छैन देउवासँग भित्री सहमति पनि बनेको सन्देश प्रवाह भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि बैठकमा सहभागी भए । चार जना बैठकमा सहभागी भएपनि नियुक्तिको गणपुरक संख्या पुगेन । दुईपटक बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भयो ।

आज साँझ फेरि परिषद बैठक डाकिएको छ । ओलीले पेलेरै जाने गरी तयारी गरेका छन् । उनले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग भन्दा देउवासँग सहमति र भागवण्डा गरेर जान खोजेको देखिदैछ । यसले नेकपाभित्रको विवादलाई अझ चर्काउने देखिदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?