उदयपुरमा पहिलो महिला भेला सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
२० पटक हेरिएको
Shares
उदयपुरमा पहिलो महिला भेला सम्पन्न

सारांश

  • गाईघाट १४,जेठ।
  • उदयपुरमा पहिलो महिला भेला सम्पन्न भएको छ, महिलाको सुरक्षा, पहिचान, सम्मान, अभिवृद्धि, अधिकार लगायत १४ बुँदे घोषणापत्र जारी गर्दै भेला सम्पन्न भएको हो  ।
  • जिल्ला समन्वय समिति गाईघाटको सभाहलमा मंगलबार पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।

गाईघाट १४,जेठ।उदयपुरमा पहिलो महिला भेला सम्पन्न भएको छ, महिलाको सुरक्षा, पहिचान, सम्मान, अभिवृद्धि, अधिकार लगायत १४ बुँदे घोषणापत्र जारी गर्दै भेला सम्पन्न भएको हो  ।

जिल्ला समन्वय समिति गाईघाटको सभाहलमा मंगलबार पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।

भेलाले स्थानीय सरकारका सबै संरचनामा लैगिंक समनताका नीति बनाइ सोहीअनुरुप बजेट विनियोजन तथा कार्यान्वयनका लागि पहल गर्ने, लैंगिक हिंसा निवारण कोष, मानव वेचविखन राहत कोष, एकल महिला सुरक्षा कोष, बाल संरक्षण कोष, जेष्ठ नागरिक स्वास्थ्य विमा लगायत कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।

भेलामा स्थानीय स्तरका न्यायिक समितिको कार्यसम्पादनलाई सहज तथा प्रभावकारी बनाउन नेतृत्व विकास तथा साशकीय क्षमता अभिबृद्धी गराउन राष्ट्रिय न्यायीक प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँग समन्वय गर्ने, महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न स्थानीय समुदाय तथा वडास्तरदेखि नै वालविवाह, जातीय विभेद र लैगिंक हिंसामुक्त नमुना बस्ती, वडा घोषणा गर्न अभियान चलाउने घोषणा गरिएको छ ।

महिला भेलामा जिल्लाका १ सय ५८ जना जनप्रतिनिधि र अन्य अधिकारकर्मी गरी करीब ४ सयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?