पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर

सारांश

  • तनहुँ, १६ जेठ पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस मंगलबार बिहान तनहुँमा दुर्घटना भएको छ ।
  • दुर्घटनामा १३ जना घाइते भएका छन् ।
  • पोखराबाट काठमाडौंतर्फ आइरहेको ग १  ख ४९५२ नम्बरको यात्रुवाहक माइक्रोबस मंगलबार बिहान ६ः३० बजे तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा दुर्घटना भएको हो ।

तनहुँ, १६ जेठ

पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस मंगलबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौंतर्फ आइरहेको ग १  ख ४९५२ नम्बरको यात्रुवाहक माइक्रोबस मंगलबार बिहान ६ः३० बजे तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा दुर्घटना भएको हो । माइक्रो सडकबाट केही मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते १३ मध्ये ४ को अवस्था गम्भीर छ । घाइतेको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताललगायतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।

प्रहरी नायव निरीक्षक मनोज पाण्डले झण्डै २० यात्रु बोकेको माइक्रोबस अनियन्त्रित भई पल्टेको जानकारी दिए । प्रहरीले दुर्घटनापछि माइक्रोका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?