प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा

सारांश

  • भद्रपुर, ८ कात्तिक   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) कार्यान्वयन इकाई बनियानी झापाद्वारा कचनकवल गाउँपालिका–४ स्थित फड्कागाछीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
  • कार्यक्रममा विभिन्न कृषक समूहमा रहेका कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि ज्ञान, सीप बढ्नुका साथै उत्पादन समेत बढेको बताएका थिए ।
  • अर्थ मन्त्रालय अगुगमन तथा मूल्यांकन महाशाखाका अधिकृत श्याम आचार्य र नवलकिशोर आचार्य सहभागि रहेको सो कार्यक्रममा कृषक पञ्चानसिंह राजवंशी, रामचन्द्र राजवंशी, अब्बास मियाँ, होमनाथ सिग्देल, वसन्त गणेशलगायतले परियोजनसँगै कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणको प्रवेशले उत्पादन लागत घट्नुका साथै उत्पादन बढाउन मद्दत पुगको विचार व्यक्त गर्नुभयो ।

भद्रपुर, ८ कात्तिक   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) कार्यान्वयन इकाई बनियानी झापाद्वारा कचनकवल गाउँपालिका–४ स्थित फड्कागाछीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा विभिन्न कृषक समूहमा रहेका कृषकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि ज्ञान, सीप बढ्नुका साथै उत्पादन समेत बढेको बताएका थिए ।

अर्थ मन्त्रालय अगुगमन तथा मूल्यांकन महाशाखाका अधिकृत श्याम आचार्य र नवलकिशोर आचार्य सहभागि रहेको सो कार्यक्रममा कृषक पञ्चानसिंह राजवंशी, रामचन्द्र राजवंशी, अब्बास मियाँ, होमनाथ सिग्देल, वसन्त गणेशलगायतले परियोजनसँगै कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणको प्रवेशले उत्पादन लागत घट्नुका साथै उत्पादन बढाउन मद्दत पुगको विचार व्यक्त गर्नुभयो ।

“विगतमा हामी यस क्षेत्रमा पर्याप्त मात्रामा चैते धान लगाउने गरेको तर बजार मूल्य कम र भण्डारणको व्यवस्था नभएकाले चैते धानबाट हात झिक्ने गरेका थियौँ, परियोजनाको कार्यान्वयनसँगै हामी पुनः यस्ता बालीतर्फ फर्कन लागेका छौँ,” कार्यक्रममा सहभागि कृषकहरुको भनाइ थियो ।

वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना र अधिकृत आचार्यले धानमा आत्मनिर्भर गर्न र कृषि प्रणालीलाई वैज्ञानिक एवं व्यावसायिक बनाउन सरकारले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो । सो कार्यक्रममा हरित कृषक समूहलाई ५० प्रतिशत अनुदानमा धान काट्ने मेसिन हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?