अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

सारांश

  • काठमाडौं।
  • नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ।
  • त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १४।

काठमाडौं। नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ।

त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १४।१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकिय पारि खेले ।

४२ बलको सामना गरेका उनले ३ छक्का र ६ चौकाको मद्दतमा ६२ रन जोडेर नटआउट रहे । जिमी नीशमले १६ रन थपेको खेलमा ओपनर आसिफ शेखले ३६ रनको योगदान दिए । लाहिरु मिलान्था २४ रनमा आउट भए । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्ती र कप्तान सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ४३ रन जोडेपछि १४२ रनको लक्ष्य दिएको थियो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका थिए ।

नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?