मोदीको २ घण्टा १० मिनेट जनकपुरमा, यस्तो छ तालिका

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मोदीको २ घण्टा १० मिनेट जनकपुरमा, यस्तो छ तालिका

सारांश

  • काठमाडौं, २८ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान सवा १० बजे जनकपुर झर्नेछन् ।
  • आज जनकपुरमा मोदीले २ घन्टा दश मिनेट बिताउनेछन् ।
  • भारतीय सरकारका तर्फबाट वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतका अनुसार मोदीले जनकपुरमा जम्मा दुई घन्टा १० मिनेट खर्चिने छन्।

काठमाडौं, २८ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान सवा १० बजे जनकपुर झर्नेछन् । आज जनकपुरमा मोदीले २ घन्टा दश मिनेट बिताउनेछन् ।

भारतीय सरकारका तर्फबाट वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतका अनुसार मोदीले जनकपुरमा जम्मा दुई घन्टा १० मिनेट खर्चिने छन्। शुक्रबार बिहान१०:१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने मोदी १०:३० बजेसम्म जानकी मन्दिर पुग्नेछन्।

जानकी मन्दिरमा प्रधानमन्त्री ओलीले मोदीलाई स्वागत गर्नेछन्। विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र मुख्यमन्त्री लालबाबु राउतले मोदीलाई स्वागत गर्नेछन्।

मन्दिरमा पूजापाठ सकेर प्रधानमन्त्रीद्वय ओली र मोदीले संयुक्त रूपमा जनकपुर–अयोध्या (भारत) बस सेवा शुभारम्भ गर्नेछन्। लगत्तै मन्दिर परिसरमै पत्रकार सम्मेलन गरी रामायण सर्किटको घोषणा गरी करिब ११ः२५ बजेसम्म बाह्रबिघा मैदानका लागि निस्किनेछन्।

त्यहाँ स्थानीय सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत हुनेछ । त्यसपछि जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मोदीलाई नागरिक अभिनन्दन गर्नेछन्।

मोदीले प्रमुख वक्ताको सम्बोधन सकेपछि मुख्यमन्त्री राउतले धन्यवाद ज्ञापन गर्दै समारोह समापन भएको घोषणा गर्ने र मोदी पुनःजनकपुर विमानस्थल पुगेर काठमाडौंका लागि उड्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?