सुनकाण्ड- ‘गोरे’लाई जोगाउन प्रहरी र सरकारी वकील

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सुनकाण्ड- ‘गोरे’लाई जोगाउन प्रहरी र सरकारी वकील

सारांश

  • काठमाडौं – सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ।
  • अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो।
  • उनको गोरे, सिताराम खरेल र चूडामणि उप्रेती गरी तीनवटा नाम राखी व्यक्ति नै ‘यकीन नभएको र नाम, थर, वतन खुली आएमा वा पक्राउ परेको अवस्थामा अदालतमा पेस गरिने छ’ भन्दै सरकारी वकिलले अदालतमा राय पेस गरेर उन्मुक्ति दिइएको थियो।

काठमाडौं – सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो। उनको गोरे, सिताराम खरेल र चूडामणि उप्रेती गरी तीनवटा नाम राखी व्यक्ति नै ‘यकीन नभएको र नाम, थर, वतन खुली आएमा वा पक्राउ परेको अवस्थामा अदालतमा पेस गरिने छ’ भन्दै सरकारी वकिलले अदालतमा राय पेस गरेर उन्मुक्ति दिइएको थियो।

सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाएपछि उनले निर्वाध सुन तस्करीको अवसर पाएका थिए । त्यसमाथि बहालवाला प्रहरी अधिकृतहरुले नै सुनको सुराकी दिने व्यक्तिका रुपमा प्रयोग गर्नु र केही प्रहरी अधिकृतहरु उनलाई जोगाउनसमेत लागिपरेका थिए।

आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले खबर लेखेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Resham Khadka

    सबै भन्दा ठुलो पैसा हो

    Comment Author

    Suman Shrestha

    ५ किलो जति सुन खर्च गरेर सबै वकिल
    लाई किनेर भए नि तस्करी हरुले निरीह बनाउने भयो राज्यलाइ ।राज्यले कडा कदम चालोस ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?