मौन अवधिमा पैसा बाँडेको आरोप : कांग्रेस र वामका कार्यकर्ताको लुकामारी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
५१ पटक हेरिएको
Shares
मौन अवधिमा पैसा बाँडेको आरोप : कांग्रेस र वामका कार्यकर्ताको लुकामारी !

सारांश

  • ओखलढुंगा, मंसिर ९ – वाम गठबन्धनमा आबद्ध दलका भातृ संगठनहरुले ओखलढुंगामा मंसिर १० गते हुने पहिलो चरणमा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको मौन अवधिमा विपक्षीले पैसा बाँड्न थालेको भन्दै निगरानी गर्न वाइसिएल र युवा संघको संयुक्त फोर्स परिचालन गरेको छ ।
  • बिहीबारदेखि नै मौन अवधि सुरु भए पनि मतदाता प्रभावित गर्न विभिन्न गतिविधि हुन थालेका छन् ।
  • विपक्षीका यस्ता गतिविधि अनुगमन गरेर पैसा बाँड्ने काम रोक्न रेड फोर्स तैनाथ गरिएको गठबन्धनका एक नेताले बताएका छन् ।

ओखलढुंगा, मंसिर ९ – वाम गठबन्धनमा आबद्ध दलका भातृ संगठनहरुले ओखलढुंगामा मंसिर १० गते हुने पहिलो चरणमा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको मौन अवधिमा विपक्षीले पैसा बाँड्न थालेको भन्दै निगरानी गर्न वाइसिएल र युवा संघको संयुक्त फोर्स परिचालन गरेको छ । बिहीबारदेखि नै मौन अवधि सुरु भए पनि मतदाता प्रभावित गर्न विभिन्न गतिविधि हुन थालेका छन् ।
विपक्षीका यस्ता गतिविधि अनुगमन गरेर पैसा बाँड्ने काम रोक्न रेड फोर्स तैनाथ गरिएको गठबन्धनका एक नेताले बताएका छन् । उनका अनुसार जिल्लाका ७५ वटै वडामा १०० जनाको समूहमा रहेको संयुक्त फोर्स परिचालन गरिएको हो । त्यसरी परिचालित भएको समूह मतदातासमक्ष नदेखिने, उनीहरुसँग सम्पर्क नगर्ने तर विपक्षी दलका गतिविधिको सुराकी गरेर मतदाता प्रभावित पार्ने काम गर्न लागे अवरोध गर्ने उद्देश्य रहेको छ ।
युवाहरुको फोर्स परिचालन गरिएको विषयमा ती नेताले कांग्रेसका गतिविधि अनुगमन गर्न र पैसा बाँडेमा नियन्त्रणमा लिन युवाहरुको समूह खटाइएको बताएका छन् । उनले मतदातालाई किन्न र त्रसित पार्ने काम रोक्ने उद्देश्य रहेको बताएका छन् । विभिन्न स्थानमा पैसा बाँडेका सुचना आएकाले त्यस्ता कार्य रोक्न युवाहरुको समूह सक्रिय पारिएको उनको दाबी छ ।
युवा परिचालनका विषयमा युवा संघका जिल्ला अध्यक्ष राजन खत्रीले मतदाता किन्न पैसा बाँड्न थालिएको भरपर्दा सुचना आएपछि पैसा बोकेर हिँड्नेहरुको खोजी गर्न युवा संघ र वाइसिएलको संयुक्त टोली परिचान गरिएको पुष्टि गरेका छन् । खत्रीले मतदाता प्रभावित गर्ने, भोट माग्ने र पैसा बाँड्ने काम गर्ने समूहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने बताउनुभयो । ‘संविधानले परिकल्पना गरेको स्वच्छ निर्वाचनलाई प्रभावित पार्ने, आर्थिक चलखेल गरेर मतदाता किन्न खोज्ने र चुनाव भाँड्न खोज्ने विरुद्ध जिल्लाभर संयुक्त रुपमा युवा परिचालन गरिएको हो’ खत्रीले भन्नुभयो ।
स्रोतका अनुसार वाम गठबन्धनका भातृ संगठनहरुले चम्पादेवी, मानेभञ्ज्यांग, सुनकोशी र खिजीदेम्वामा बढी निगरानी बढाएका छन् । अन्य वडाहरुमा समेत नियमित युवा परिचालन गरिएको छ ।
यसैबिच युवा संघ र वाइसियलले पैसासहितको गाडी नियन्त्रणमा लिएको दाबी गरेको छ । शुक्रबार राति ८ बजे ओखलढुंगाबाट चिसंखुगढी ३ दियालेबाट दुई लाख पैसासहितको कांग्रेसले खटाएको गाडी एक घण्टा नियन्त्रणमा लिइएको वाइसिएलका नेता अशोक थापाले बताउनुभयो । थापाका अनुसार नियन्त्रण लिइएको पैसा कांग्रेसका कार्यकर्ताहरुले नबाँड्ने शर्तमा माफी मागेपछि छोडिएको छ । घटनाबारे प्रहरीले अनविज्ञता प्रकट गरेको छ ।
यसरी मौन अवधिमा वाम गठबन्धन र कांग्रेसका कार्यकर्ताहरु एक अर्कोलाई लक्षित गरी परिचालित भएपछि सुरक्षा चुनौती थपिएको छ । झडप हुने आशंकामा सुरक्षा सर्तकर्ता अपनाइएको र प्रहरीले गस्ती समेत थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच भेटवार्ता
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड
भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको भीड
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
वेस्ट इण्डिजविरुद्धको सिरिजमा नेपाल च्याम्पियन
साउन १० गते शुक्रबारको राशिफल यस्तो छ
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
चितवन क्षेत्र नं २ मा एक लाख २४ हजारभन्दा बढी मतदाता थपिए
चितवन क्षेत्र नं २ मा एक लाख २४ हजारभन्दा बढी मतदाता थपिए
मेरो ‘लभर’लाई कसैले पीडा दिए सहन सक्दिनः प्रचण्ड
मेरो ‘लभर’लाई कसैले पीडा दिए सहन सक्दिनः प्रचण्ड
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग