कम्युनिस्ट एकताको परिणाम: स्वाधीनता ,समृद्धि र समाजवाद
सारांश
- नेपालको कम्युनिस्ट आन्दोलनलाई नेपालको वस्तुगत वास्तविकतामा अगाडि बढाउन अद्वितीय वैचारिक र सांगठनिक योगदान गर्ने जननेता मदन भण्डारीको २५औं स्मृति दिवस पारेर देशका सबैभन्दा ठूला कम्युनिस्ट पार्टी ( एमाले र माओवादी केन्द्र )विलय भएर नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको छ ।
- विभिन्न आशंकालाई चिरेर विघटित एमाले अध्यक्ष के पी ओली र विघटित माओवादी केन्द्र्का अध्यक्ष प्रचण्ड ले पार्टी एकतालाई निष्कर्षमा पुर्याएका छन् ।
- के पी ओली र प्रचण्डले खेलेको एतिहासिक भुमिकाले यो एकताले सम्पुर्ण चरण पुरा गर्न अब निस्चित छ ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई नेपालको वस्तुगत वास्तविकतामा अगाडि बढाउन अद्वितीय वैचारिक र सांगठनिक योगदान गर्ने जननेता मदन भण्डारीको २५औं स्मृति दिवस पारेर देशका सबैभन्दा ठूला कम्युनिस्ट पार्टी ( एमाले र माओवादी केन्द्र )विलय भएर नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको छ ।
विभिन्न आशंकालाई चिरेर विघटित एमाले अध्यक्ष के पी ओली र विघटित माओवादी केन्द्र्का अध्यक्ष प्रचण्ड ले पार्टी एकतालाई निष्कर्षमा पुर्याएका छन् । के पी ओली र प्रचण्डले खेलेको एतिहासिक भुमिकाले यो एकताले सम्पुर्ण चरण पुरा गर्न अब निस्चित छ । यो एकताले देशलाई सुन्दर संभावनातर्फ डोहोर्याउने निस्चित छ ।
क. स्थायित्व र विकास
२००७ सालदेखी अहिलेसम्म कुनै पनि सरकारले पुर्ण कार्यकाल पुरा गर्न पाएन । अधिकांश सरकार आन्तरिक खिचातानी र विदेशी चलखेलका कारण असमयमै आफ्नो मिसन शुरु नहुदै वा पुरा नहुदै गिर्दै आएका थिए । यो एकताले त्यो परम्परालाई अन्त्य गरिदिएको छ । २०६२/६३ सालको जनक्रान्तिपछी विभिन्न कारणले सधै हङ्ग पार्लियमेण्ट्को अभ्यास हुदै आयो । स्वभाविक रूपमा त्यस्तो संसदले स्थीर सरकार दिन सक्ने कुरा थिएन । तर पार्टी एकताले दशकौ पछाडी देशमा एउटा पार्टीको पुर्ण बहुमतको सरकार निर्माण भएको छ । अब यो सरकार कुनै चलखेल वा तागतले पाँच बर्ष हटाउन सक्दैन । बर्तमान सरकार आफ्ना अजेण्डा पुर्ण रूपमा कार्यान्वयन गर्न सक्ने अवस्थामा पुगेको छ । यो सरकारलाई कुनै पनि बेला ढाल्न सकिन्छ भन्ने केही काङ्ग्रेसका नेताको अभिव्यक्तिलाई यो एकताले मृगमरिचिकामा परिणत गरिदिएको छ । अब यो सरकार अत्यन्त मजबुत भएको छ।
ख. कम्युनिस्ट आन्दोलनको एउटै धार
नेपालको कम्युनिस्ट आन्दोलन दशकौंदेखि विभाजित हुँदै आएको थियो । विघटित एमाले र माओवादी केन्द्रले फरक धारको नेतृत्व गर्दै आएका थिए । नेपालको कम्युनिस्ट आन्दोलन शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अगाडि बढ्ने कि सशस्त्र विद्रोहको माध्यमबाट अगाडि बढ्ने हो भन्नेमा ठुलो विवाद चल्दै आएको थियोे । सम्पन्न पार्टी एकताले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लाई स्वीकार गरेको छ । मोहन वैद्य र विप्लवको अत्यन्त सानो समुहले तत्काल यो बाटो नस्विकारे पनि करिब सत् प्रतिशत बाम जनमत शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो नै ठीक बाटो हो भन्ने निष्कर्षमा पुगेको अवस्था छ । नेपाल कम्युनिस्ट पार्टीको समाजवाद पुग्ने बाटो शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो भएपछि पार्टीको सांगठनिक स्वरुप पनि प्रतिस्पर्धामा आधारित हुने पक्का भएको छ। विगतमा अभ्यास गरिएका राम्रा कुरा लाई झन समृद्ध बनाउने र पार्टीलाई थप क्रान्तिकारी बनाउने दिशातर्फ यो पार्टी अगाडि बढ्ने सहज अपेक्षा गर्न सकिन्छ ।
ग. गन्तव्य समाजवाद
समाजवादमा पुग्ने लक्ष्यसाथ विघटित एमाले र माओवादीविच गठबंधन भएको थियोे । एक्काइसौं शताब्दीमा नेपाली समाजवादको स्वरुप पनि फरक हुने निश्चितै छ । विगतमा कम्युनिस्ट पार्टीको एकाधिकारमा निर्माण भएका समाजवाद असफल भएको सन्दर्भमा नेपालमा निर्माण हुने समाजवाद प्रतिस्पर्धात्मक एवम् बहुलवादी शासन प्रणालीमा आधारित हुनेछ । नेपाल कम्युनिस्ट पार्टीले लोकतन्त्र ,समृद्धि र समाजवादलाई आफ्नो जीवन पद्धतिको रुपमा विकास गर्ने छ ।
घ .स्वाधीनताको संरक्षण
नेपाल को विशिष्ट भौगोलिक अवस्थितिको कारण इतिहासदेखि नै यसको स्वाधीनता जोगिदै आएको छ । इतिहासमा नेपालले कहिल्यै कसैको गुलाम बन्नु परेन । नेपाललाई गुलाम बनाउने प्रयास पू्र्खाले असफल बनाए । पछिल्लो समयमां देशको स्वाधीनता जोगाउन नेपालका कम्युनिस्टहरुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । तर नेपाल अहिले पनि वैदेशिक हस्तक्षेपबाट मुक्त भैसकेको छैन । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सबै खाले विदेशी हस्तक्षेपको अन्त्य गरेर मात्र स्वाधीन , सार्वभौम र समृद्ध नेपालको निर्माण गर्न सकिन्छ ।
(निर्मल भट्टराई)
प्रतिक्रिया