भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
सारांश
- काठमाडौं ।
- मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
- समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ।
काठमाडौं । मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ। यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ। धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यताप्राप्त पात्रोमा उल्लेख छ।
कात्तिक २२ गते साँझ ०५स्११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुँदैछ। त्यसैले यो ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो।
बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ। साँझ ०६ः३४ बजे ग्रहण सकिनेछ। अर्थात् नेपालबाट एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।
ग्रहणमा गर्न हुने र नहुने कुराहरु
सनातन संस्कारमा र खगोलशास्त्रमा ग्रहणलाई बिशेष महत्व दिइएको छ । स्वास्थ अवस्थाको हिसाबले गर्भवती महीला, बृद्धबृद्धा, नवजात शिशुहरु अनि केटाकेटीकालागि ग्रहणको समय अत्यन्त महत्वपूर्ण र संबेदनशील मानिन्छ । सनातन संस्कारमा ग्रहणको संभाब्य नकारात्मक प्रभाबबाट बच्न बिभिन्न पूजाअर्चना गर्ने चलन पनि धेरै पहिलेदेखि छ ।
सानो पौराणीक कथनबाट अघि बढ्न चाहयौ, समुन्द्र मन्थनका समयमा मोहीनीको रुप धारण गरेर बिष्णुदेवले असुरहरुलाई अमृत सेवनगर्नबाट झुक्याउनुभएको थियो तर यो कुरा चालपाएर असुरहरुमध्यका राहु र केतुले देवहरुको पक्षमा उभिएर छलपूर्वक अमृत सेवन गरेका भन्ने कथन छ । यो कुरा चालपाएर सूर्य र चन्द्रले बिष्णुदेवलाई सुनाँउदा सम्म राहु र केतुले केही अमृत सेवन गरिसकेका थिए । अमृतको प्रभावले राहु र केतुलाई बिष्णुको सुर्दशन चक्रले मृत्यूवरण गराउन सकेन र अझै पनि उनिहरु उत्तरी र दक्षिणी गोलार्धमा ताराका रुपमा रहिरहेको बताइन्छ ।
यसै कारणले पनि ग्रहण अर्थात सूर्य, चन्द्र र पृथ्वी एकैलहरमा रहेका समयमा राहु र केतुको पनि प्रत्यक्ष प्रभाव रहने भएकाले सुदर्शन चक्रधारी बिष्णुको स्तोत्र अनि समुन्द्र मन्थनपछिको हलाहल बिष सेवन गर्ने भगवान शिवको स्तोत्र गर्नुपर्ने जनाइएको छ । ग्रहण लाग्न अगाडीको ९ घन्टाअघि नै ब्रत बस्न शुरु गर्ने चलन पनि छ ।
ग्रहणको समयमा कमजोर स्वास्थ अवस्था भएका मान्छेहरुलाई र गर्भवतीहरुलाई कुशको घाँस लिएर बस्न लगाइन्छ । कुशको घाँसले बिकिरणहरुलाई प्रतिबिम्बीत गरेर पर भगाउने कुरा बिज्ञानले पनि पुष्टी गरिसकेको छ । यसरी कुशको घाँस साथमा राख्नाले ग्रहणको समयका बिकिरणहरु आउन नपाउने बिज्ञान प्रष्ट छ ।
ग्रहणको समयमा केही पनि पकाएर नखान समेत भनिन्छ र ग्रहणका बेलामा कुनैपनि कार्यहरु नगर्न र घरभित्र आरामले बस्न भनिन्छ । यसो गर्नाले ग्रहणका समयमा बिकिरणहरु, नराम्रा वायू या उर्जाहरुवाट बच्न समेत मद्धत गर्ने बताइएको छ । ग्रहणका समयमा धारिलो हातहतीयार पर राख्ने र घरभित्र गर्न मिल्ने भएतापनि सीलाई बुनाईका कार्यहरु आदि नगर्न सल्लाह दिइन्छ ।
गर्भवतीहरुले ग्रहण लागेका सूर्य या चन्द्रलाई हेरेमा अपागंता भएका बच्चा जन्मने बिश्वास र बैज्ञानिक संभावना पनि नकार्न सकिदैन । सन्तान गोपाल मन्त्रको जाप गर्भवती महिलाले गरेमा नकारात्मक उर्जाहरु बाट ग्रहणको समयमा बच्ने बताइएको छ ।
सन्तान गोपाल मन्त्र
देवकीसुत गोविन्द वासुदेव जगत्पते
देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः ।।
शास्त्रहरुका कुरा एकातिर छन भने अर्कोतर्फ सुरक्षाका व्यबहारीक कुराहरु पनि चर्चा गर्न चाहयौं । सूर्य ग्रहणलाई नहेर्नु भनिन्छ तथापि चन्द्र ग्रहणलाई भनें हेर्दा सूर्य जस्तो आँखाको क्षमता या दृष्टिमा कमी नआउने बताइन्छ । तथापि ग्रहणलाई नागाें आँखाले नहेरेर केही भाँडामा पानी हालेर त्यसको प्रतिबिम्बमा हेर्न सुझाव दिइन्छ ।
ग्रहण आँफैमा नकारात्मक कुरा भनें हैन तर यसको प्रभाववाट आफूलाई सुरक्षित भने राख्न जरुरी छ ।
सनातन संस्कार हिन्दु दर्शनमा भनें ग्रहणका समयमा मन्दिरहरु पनि बन्द हुने चलन छ । ग्रहणपछि ग्रहण नुहाउने र दानपुण्य गरेर ग्रहण पखाल्ने चलन छ । ग्रहणले हाम्रा स्वास्थ समस्यापनि आफूसँगै लिएर जाओस् ।
प्रतिक्रिया