अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला
सारांश
- भक्तपुर, ५ वैशाख ,अक्षय तृतीयाका दिन आज बिहानैदेखि मेला भर्न भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
- महाशिवरात्री, डोलेश्वरको वार्षिकोत्सवका दिन भदौ ६ गते र अक्षय तृतीयाका दिन गरी वर्षमा तीन दिन मात्र भक्तजनका लागि चारै ढोका खुल्ला गरिने यस मन्दिरमा आज भने भित्रै पसेर आफैले पूजा गर्न पाउने व्यवस्था गरिएको छ ।
- अक्षय तृतीयाका दिन आज बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको हो ।
भक्तपुर, ५ वैशाख ,अक्षय तृतीयाका दिन आज बिहानैदेखि मेला भर्न भक्तपुरको सिपाडोलमास्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
महाशिवरात्री, डोलेश्वरको वार्षिकोत्सवका दिन भदौ ६ गते र अक्षय तृतीयाका दिन गरी वर्षमा तीन दिन मात्र भक्तजनका लागि चारै ढोका खुल्ला गरिने यस मन्दिरमा आज भने भित्रै पसेर आफैले पूजा गर्न पाउने व्यवस्था गरिएको छ ।
अक्षय तृतीयाका दिन आज बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको हो । मन्दिर परिसरमा आज जौको सातु र सर्वतलगायत फलफूल पनि भक्तजनलाई वितरण गरिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया