कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ
सारांश
- कास्की ९ जेठ ।
- हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
- मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की ९ जेठ । हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला भएको थियो ।
२०५६ सालमा हत्या गरेर फरार रहेका शाहीलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरी जेल चलान गरिएको छ भने उक्त घटनामा संलग्न अन्य चार जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया