कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीनजनाको मृत्यु पुष्टि

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १२, २०७७
|
|
५४ पटक हेरिएको
Shares
कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीनजनाको मृत्यु पुष्टि

सारांश

  • कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन तीनजनाको मृत्यु पुष्टि भएको छ ।
  • मृतकमध्ये दुईजनाको हिजो र एकजनाको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन तीनजनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये दुईजनाको हिजो र एकजनाको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज तीनजना मृतक संख्या थपिएसँगै कुल संख्या ४८ पुगेको छ ।

आज पुष्टि भएका मृतक तीनैजना पुरुष हुन् । जसमध्ये एकजना भारतीय नागरिक हुन् भने दुईजना नेपाली नागरिक हुन् । आज मृत्यु पुष्टि भएका भारतीय नागरिकसहित नेपालमा दुईजना विदेशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण
१. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका ६५ वर्षीय पुरुष, ११ साउन गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको । मुटु तथा मधुमेहका रोगी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
२. धनुषा सहिदनगर नगरपालिका ८ को डुमरियाका ३६ वर्षीय पुरुषको ११ साउनमा मृत्यु । ज्वरो, खोकी र स्वास प्रश्वारमा कठिनाई भई १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा आकस्मिक रुपमा भर्ना भएको । आइसीयुमा राखेको र धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
३. बारा फेटा गाउँपालिका ३ का ६० वर्षी पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ साउनमा मृत्यु । निमोनिया, मस्तिष्कघात, मृगौलाका विरामी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?