सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?

सारांश

  • काठमाडौं ,२२ जेठ ।
  •   राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई शीतल निवासमा बोलाएर आर्थिक समृद्धिका लागि एकजुट भएर अघि बढ्न सुझाव दिएकी छन् ।
  •  सोमबार राति करिब आठ बजेतिर शीतल निवास पसेका प्रधानमन्त्री ओलीसहितका सत्तारुढ दल नेकपाका नेता र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई समृद्धिका लागि एकै ठाउँ उभिन सुझाएकी हुन् ।

काठमाडौं ,२२ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई शीतल निवासमा बोलाएर आर्थिक समृद्धिका लागि एकजुट भएर अघि बढ्न सुझाव दिएकी छन् । सोमबार राति करिब आठ बजेतिर शीतल निवास पसेका प्रधानमन्त्री ओलीसहितका सत्तारुढ दल नेकपाका नेता र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई समृद्धिका लागि एकै ठाउँ उभिन सुझाएकी हुन् ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार करिब २ घण्टासम्म राष्ट्रपतिले प्रधानमन्त्रीसहितका नेताहरुसँग सम्बाद गरेकी थिइन् ।

‘समसामयिक विषय बसतुमै कुराकानी भएको हो । राष्ट्रपतिले सबै तहका निर्वाचन भएर देशबाट संक्रमणकाल पनि सकिएकाले अब समृद्धिको यात्रामा अघि बढ्न आग्रह गर्नुभयो’, अधिकारीले राष्ट्रपतिको भनाइ उधृत गर्दै अन्नपूर्ण अनलाइनसँग भने, ‘संविधानको मूल मर्म र भावना अनुसार राजनीतिक दलहरु केन्द्रित हुनुपर्छ । समाजवाद उन्मुख संविधान पनि बनिसकेकाले लोकतान्त्रिक मूल्य मान्यता, मानवअधिकारका मूलभूत सिद्धान्तलाई पालना गर्दै मुलुक समृद्ध बनाउन लाग्नुपर्छ ।’

ब्यापार घाटाबारे चिन्ता

भेटका क्रममा राष्ट्रपति भण्डारीले देशमा बढ्दो ब्यापार घाटाप्रति गम्भीर चिन्ता जाहेर गरेकी थिइन् । उनले ब्यापार घाटा कम गर्न आयातलाई निरुत्साहित गर्न पनि सत्तारुढ र प्रतिपक्षी दुवै तर्फका नेतालाई आग्रह गरिन् ।

‘ब्यापार घाटा बढ्दो छ, आयात प्रतिस्थापन गर्नेतर्फ तपाईँहरुको ध्यान केन्द्रित हुनुप¥यो’, राष्ट्रपतिको भनाइ उधृत गर्दै अधिकारीलले भने, ‘वैदेशिक रोजगारीलाई पनि निरुत्साहित गर्न स्वदेशमै रोजगारी बढाएर युवाहरुलाई यहीँ रोक्ने योजना ल्याउनेतर्फ लाग्नुस् ।’

शिक्षाबारे चासो

राष्ट्रपति भण्डारीले नेताहरुसँग गुणतस्तरीय शिक्षाका लागि सक्रिय हुन पनि चिन्ता जाहेर गरिन् । अधिकारीका अनुसार उनले गुणस्तरीय शिक्षा प्रवद्र्धनमा जोड दिएकी थिइन् । ‘गुणस्तरीय शिक्षा प्रवद्र्धनमा जोड दिनु आवश्यक छ’, नेताहरुसँग राष्ट्रपतिले भनिन्, ‘देश प्रेमको भावना जागृत गर्ने शिक्षा अहिले जरुरी छ ।’

दुवै पक्षलाई एकताको सन्देश

राष्ट्रपतिले अब सबै शक्ति देश समृद्धि लानुपर्ने आवश्यक रहेको बताउँदै सत्ता पक्ष र प्रतिपक्षलाई समृद्धिका साझा एजेन्डामा मिलेर जानु भन्ने सन्देश पनि भेटमा दिएकी छन् । ‘समृद्धिलाई साझा एजेन्डा बनाउनु भन्ने सन्देश राष्ट्रपतिलले दुवै पक्षलाई दिनुभएको छ’, अधिकारीले भने ।

राष्ट्रपतिलाई भेट्ने प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यष पुष्कमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल शीतल निवास पुगेका थिए ।

Tramadol online

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनहप्ता अघि मृत्यु भएका उम्मेद्वार विजयी भएपछि…
तीनहप्ता अघि मृत्यु भएका उम्मेद्वार विजयी भएपछि…
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
आज देशैभरी युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यलय घेर्ने….
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
विश्वकप क्रिकेटका लागि खेलाडी छनोट
विश्वकप क्रिकेटका लागि खेलाडी छनोट
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
अब युबा बिदेश जानु नपर्ने
अब युबा बिदेश जानु नपर्ने
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
देउवाले नैतिकता र जिम्मेवारी हेरेर संसदीय दलको नेता बन्न अघि सर्नु हुँदैन : पौडेल
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने
आज बडादशैको महाष्टमी, महाकालीको पूजा गर्दै कालरात्री गर्ने

तपाईंले छुटाउनुभयो कि?