पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
५२ पटक हेरिएको
Shares
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सारांश

  • काठमाडौँ ।
  • मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
  • उनीहरुलाई फागुन २६ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

उनीहरुलाई फागुन २६ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा आज मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको हो ।

गृहसचिव विनोदप्रकाश सिंहले मन्त्रिपरिषद्बाट बढुवा गर्ने निर्णय भई आइसकेको र आजै नियुक्तिपत्र प्रदान गर्ने जानकारी दिए ।

यसरी एआइजीमा बढुवा हुनेमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बसन्तबहादुर कुँवर, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी टेकप्रसाद राई, बागमती प्रदेश प्रहरी कार्यालका प्रमुख डिआइजी दीपक थापा, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी श्यामलाल ज्ञवाली र प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा रहेका डिआइजी किरण बज्राचार्य हुन् ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह चैत ११ गते अनिवार्य अवकाशमा जाने हुँदा बढुवा भएकामध्ये एकजना एआइजीलाई सरकारले प्रहरी महानिरीक्षक (आइजिपी)मा पदोन्नति गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हिंसा नियन्त्रण गर्न विद्युतीय साक्षरता जरुरी’
‘हिंसा नियन्त्रण गर्न विद्युतीय साक्षरता जरुरी’
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी
प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्मै टीका लगाइदिने
प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्मै टीका लगाइदिने
चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण
चीनद्वारा कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा
ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?
अब कसरी अघि बढ्छ नयाँ सरकार गठन प्रक्रिया ?
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
टोटनह्याम हट्सपरको अद्धितिय पूनरागमन : आयाक्सलाई हराउँदै च्याम्पियन्स लिगको फाईनलमा प्रवेश
विश्वका ४ शक्तिशाली नेताका कारमा छन् यस्ता विशेषता
विश्वका ४ शक्तिशाली नेताका कारमा छन् यस्ता विशेषता