सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र

सारांश

  • काठमाडौं ।
  • कर्मचारी समायोजनको विरोध गर्दै सरकारी अस्पतालका चिकित्सक आन्दोलनमा छन् ।
  • लाखौं बिरामी अलपत्र पर्दासम्म सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

काठमाडौं । कर्मचारी समायोजनको विरोध गर्दै सरकारी अस्पतालका चिकित्सक आन्दोलनमा छन् । लाखौं बिरामी अलपत्र पर्दासम्म सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

आन्दोलनका कारण सरकारी अस्पतालका आपतकालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडीलगायत महिनौँअघि तयार पारिएका अप्रेसनसमेत रोकिएका छन् । राजधानीका सरकारी अस्पतालमा दैनिक १ सय भन्दा बढी अप्रेसन रोकिएको अस्पतालहरूले बताएका छन् ।

संघ, प्रदेश र स्थानीयमा समायोजनका क्रममा सरकारले डाक्टरलाई खटाएको हो । समायोजन भइ दरबन्दी भएको ठाउँमा जान अस्विकार गर्दै आन्दोलनमा उत्रेका हुन् । आफूहरुलाई संघीय सरकारमा राखेर परिचालन गर्न माग गर्दै आन्दोलनमा उत्रिँदा बिरामी मर्कामा परेका हुन् ।

सरकारी चिकित्सक संघले शुक्रबारबाट ओपिडी सेवासहित आपतकालीनबाहेकका अप्रेसन बन्द गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?