यसरी गरियो बाजेको सेकुवामा शिलबन्दी (भिडियो सहित)
सारांश
- ३८ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले चेतन भनिने चेतनाथ भण्डारीको पूर्ण स्वामित्वमा उपत्यकामा रहेका पाँचवटा ‘बाजेको सेकुवा’ नामक ब्रान्डेड रेष्टुरेन्टमा शिलबन्दी गरेको छ।
- मोरङ जिल्ला अदालतमा बाजेको सेकुवा रेष्टुरेन्टका मालिक चेतन भण्डारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
- बुधबार गृहमन्त्रालयको छानबिन समितिले बत्तीसपुतली र नक्साल र अनामनागरमा रहेका बाजेको सेकुवामा शिलबन्दी गरिसकेको छ ।
३८ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले चेतन भनिने चेतनाथ भण्डारीको पूर्ण स्वामित्वमा उपत्यकामा रहेका पाँचवटा ‘बाजेको सेकुवा’ नामक ब्रान्डेड रेष्टुरेन्टमा शिलबन्दी गरेको छ।
मोरङ जिल्ला अदालतमा बाजेको सेकुवा रेष्टुरेन्टका मालिक चेतन भण्डारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। बुधबार गृहमन्त्रालयको छानबिन समितिले बत्तीसपुतली र नक्साल र अनामनागरमा रहेका बाजेको सेकुवामा शिलबन्दी गरिसकेको छ । छानबिन समितिका सदस्य अनुसार अन्य क्षेत्रमा रहेका बाजेको सेकुवामा शिलबन्दी हुने क्रम जारी छ ।सुरक्षाकर्मीसहित बाजेको सेकुवा पुगेका छानबिन समितिका कर्मचारीले सेकुवा सेन्टरमा काम गर्ने कर्मचारी र खाद्दय बस्तु निकालेर शिलबन्दी गरेको थियो ।

प्रतिक्रिया