राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर

सारांश

  • सर्लाहीका २० स्थानीय तहमध्ये अधिकांशमा मतगणना जारी रहँदा पाँचवटा पार्टी प्रतिस्पर्धामा देखिएका छन् ।
  • पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा अन्य दलबीच प्रतिस्पर्धा भइरहेको छ ।
  • जनघनत्व बढी रहेका राजमार्ग क्षेत्रका नगरपालिकामा एमालेलाई माओवादीले टक्कर दिरहेको छ ।

सर्लाहीका २० स्थानीय तहमध्ये अधिकांशमा मतगणना जारी रहँदा पाँचवटा पार्टी प्रतिस्पर्धामा देखिएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा अन्य दलबीच प्रतिस्पर्धा भइरहेको छ ।

जनघनत्व बढी रहेका राजमार्ग क्षेत्रका नगरपालिकामा एमालेलाई माओवादीले टक्कर दिरहेको छ । राजमार्गमा दुई वामपन्थीको टक्करमा कांग्रेस निरीह देखिएको छ । राजमार्गका कुनै पनि नगरपालिकामा कांग्रेस दोस्रोमा पनि छैन ।

राजमार्गमा जोडिएका सर्लाहीका ६ नगरपालिकामध्ये चारमा एमालेले अग्रता लिएको छ भने माओवादी र फोरम एक–एक स्थानमा अगाडि छन् । दक्षिणका स्थानीय तहमा भने चार पक्षीय प्रतिस्पर्धा छ ।

पछिल्लो विवरण अनुसार, हरिवन, ईश्वरपुर, लालबन्दी र हरिपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

कांग्रेसले मलंगवा, चक्रघट्टा, धनकौल गाउँपालिकामा अग्रता लिएको छ भने माओवादीे बागमती नगरपालिकामा अगाडि छ ।

त्यस्तै, राजपाले बलरा, कौडेना, चन्द्रनगरमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले विष्णु गाउँपालिका र बरहथवा नगरपालिकामा ‘लिड’ गरिरहेको छ ।

अन्य केही स्थानीय तहको मतगणना भइरहे पनि विस्तृत विवरण आउन बाँकी छ । मतगणनाको प्रारम्भिक रुझान् हेर्दा सर्लाहीमा कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरमको उस्तै–उस्तै अवस्था देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल
केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु
केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु
विश्वले सिक्यो पाठः लकडाउनले काम गरेन
विश्वले सिक्यो पाठः लकडाउनले काम गरेन
Mayor Shakya bills City Conference successful
Mayor Shakya bills City Conference successful
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
के चीनले कोरोनाभाइरस संक्रमितको संख्या लुकाइरहेको छ ?
के चीनले कोरोनाभाइरस संक्रमितको संख्या लुकाइरहेको छ ?
नवौं खेलकुदमा आर्मी पहिलो
नवौं खेलकुदमा आर्मी पहिलो
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
घोराही उपमहानगरको प्रगतिः फोहर व्यवस्थापनदेखि सौर्य ऊर्जा उत्पादनसम्म
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा

तपाईंले छुटाउनुभयो कि?