समाज झक्झकाउन कार्टुन चाहिन्छ : कार्टुनिष्टहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
समाज झक्झकाउन कार्टुन चाहिन्छ : कार्टुनिष्टहरु

सारांश

  • काठमाडौं ।
  • ‘नेपाली क्यारिकेचर २०७५’मा कार्यपत्र प्रस्तुत तथा कार्यशाला नेपाल आर्ट काउन्सिलमा भएको छ ।
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र कार्टुनिस्ट क्लव अफ नेपालको सहकार्यमा भएको कार्यशालामा ‘क्यारिकेचरको विकास र नेपालमा यसको अवस्था’ विषयमा केशवराज खनालले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा कार्टुनको विकास भएको आठ दशक भएको बताए ।

काठमाडौं । ‘नेपाली क्यारिकेचर २०७५’मा कार्यपत्र प्रस्तुत तथा कार्यशाला नेपाल आर्ट काउन्सिलमा भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र कार्टुनिस्ट क्लव अफ नेपालको सहकार्यमा भएको कार्यशालामा ‘क्यारिकेचरको विकास र नेपालमा यसको अवस्था’ विषयमा केशवराज खनालले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा कार्टुनको विकास भएको आठ दशक भएको बताए ।

उनले भने, ‘नेपाली कला क्षेत्रमा व्यंग्यचित्र लोकप्रिय विधा हो । चित्रकलाका आधारभूत कुरालाई आत्मसात् गरी समय परिस्थिति र शैली अनुरूप तिनै आधारभूत तत्वलाई तोडमोड गरी व्यंग्यचित्रको रचना गरिन्छ । नेपाली व्यंग्यचित्र इतिहासदेखि हालसम्म आइपुग्दा निकै परिष्कृत, परिमार्जित भई अगाडि बढिरहेको छ ।’ उनले क्यारिकेचरमा नेपाली कार्टुनिस्टले अझ मिहिनेत गर्नुपर्ने धारणा राखे ।

त्यस्तै क्यारिकेचर र प्रविधि’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्टुनिस्ट क्लबका सचिव योगश कुमार खपांगीले भने, ‘प्रविधि र ज्ञानको उचित संयोजनबाट नै राम्रो र प्रभावकारी क्यारिकेचर बनाउन सकिन्छ ।’ क्यारिकेचरले मानिसमा सशक्त प्रभाव छोड्ने हुनाले कलाकारले यसमा सीप, ज्ञान र धैर्यता लिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा अग्रज कलाकार तथा कार्टुनिस्ट क्लबका संस्थापक अशोकमान सिंहले पछिल्लो समय प्रविधिको विकासले कार्टुन तथा क्यारिकेचर बनाउन निकै सघाउँ पुगेको बताए । उनले भने, ‘प्रविधिलाई समुचित रुपमा प्रयोग गर्न सकिए त्यसले उचित र प्रभावकारी छाप छोड्न सक्ने अवस्था आएको छ ।’
‘क्यारिकेचर विगतदेखि वर्तमानसम्म’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै क्लबका अध्यक्ष अविन श्रेष्ठले समाजलाई झक्झकाउने विधाको रुपमा कार्टुनलाई लिए पनि नेपालमा यसले जति फड्को मार्नुपर्ने हो त्यो हुन नसकेको बताए । उनले भने, ‘विश्वमा क्यारिकेचरले प्रविधिसँगै निकै गतिशील ढंगले अगाडि बढे पनि नेपालमा भने सपेक्षित रुपमा बढ्न सकेको छैन ।’ प्रतिष्ठानका प्राज्ञ नारदमणि हार्तम्छालीले कार्टुनले सामाजिक रुपान्तरणमा प्रभावकारी ढंगले काम गर्न सकेको बताए । उनले भने, ‘समाजलाई झक्झकाउन र विकृति विसंगतिलाई सही ढंगले केलाउन सकेको छ ।’

अग्रज कलाकार तथा कार्टुनिस्ट शरद रञ्जितले कार्टुनलाई समय सापेक्ष रुपमा विकास गर्दै लैजानुपर्ने धारणा राखे । कार्यशाला पछि प्रतियोगितासहित प्रदर्शनी समेत राखिएको क्लवका उपाध्यक्ष वासु क्षितिजले जानकारी दिए । आगामी २० जेठमा नेपाल आर्ट काउन्सिलमा विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वको क्यारिकेचर बनाउन लागिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?