राज्यको थाप्लोमा पेन्सनको भार, अब पेन्सन खुवाउनै कठिन,,,,,,,
सारांश
- १९ साउन, काठमाडौं ।
- सरकारी कर्मचारीहरुले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै गएको छ ।
- ६ वर्षमा झन्डै साढे ६ अर्बले पेन्सनको भार बढेको खबर आजको पत्रिकामा छ ।
१९ साउन, काठमाडौं । सरकारी कर्मचारीहरुले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै गएको छ । ६ वर्षमा झन्डै साढे ६ अर्बले पेन्सनको भार बढेको खबर आजको पत्रिकामा छ ।
आज प्रकाशित पत्रपत्रिकाहरुले. सोलार परियोजना निर्माणबाट विश्व बैंकले हात झिकेको, प्रधानमन्त्री शेरबहादुर देउवाले मुग्लिन–नारायणगढ सडक खण्डको अवलोकन गरेको, आयल निगमले ६ गुणा मूल्य बढाएर जग्गा किनेकोलगायतका खबरलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक खण्ड अवलोकनपछि दिएको निर्देशनलाई आज गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । निर्वाचन विधेयकमा दफावार छलफल सुरु भएको, विवादले काष्ठमण्डप पुनर्निर्माण अलपत्र परेकोलगायत खबर पनि आज गोरखापत्र दैनिकमै छापिएको छ ।
राजपालाई तेस्रो चरण निर्वाचनमा जान पार्टीभित्र दबाब बढेको विषयलाई अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट २०४०–०४६ सम्मको नागरिकताको अभिलेख गायव भएको अर्को खबर पनि अन्नपूर्णमा छ ।
नेपाल आयल निगमले ६ गुणा मूल्य बढाएर जग्गा किनेको, शेरबहादुर देउवाले मुग्लिनमा सडक अवलोकन गरेको विषयलाई कान्तिपुर दैनिकले पहिलो पृष्ठमा छापेको छ ।
नयाँ पत्रिका दैनिकले पेन्सनको भार राष्ट्रले थेग्नै नसक्ने गरी बढेको लेखेको छ भने नागरिक दैनिकले पूर्व पदाधिकारीलाई सुबिधा दिएवापत राज्यलाई वार्षिक ७ करोडको व्ययभार परेको छापेको छ ।
प्रतिक्रिया