अरुण तेस्रो आयोजनाको सुरुङ भित्र ४ जना कामदारको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
३९ पटक हेरिएको
Shares
अरुण तेस्रो आयोजनाको सुरुङ भित्र  ४ जना कामदारको मृत्यु

सारांश

  • काठमाडाै, २ असार ।
  • मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ ।
  • शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन।

काठमाडाै, २ असार । मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ ।

शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन।

ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको डीएसपी श्यामकुमार सारुमगरले बताए। मृत्यु हुनेमा

कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको मृत्यु भएको हो। शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर इलेक्टोनिक मिस्त्री थिए।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्। झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थल लगिएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?